यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
डर त्रासमा पर्दिन : कृषिमन्त्री भुषाल, स्वाधिनताको पक्षमा काम गर्नुसः पुर्व मन्त्री खनाल. डर त्रासमा पर्दिन: कृषिमन्त्री भुषाल, स्वाधिनताको पक्षमा काम गर्नुसः पुर्व मन्त्री खनाल. नवनियुक्त कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।. नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताउनु भयो । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सार्नुभयो ।. यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिनु भएको थियो । त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिनुभएको थियो । बधाई ज्ञापन गर्न मन्त्रालय पुग्नुभएका निवर्तमान मन्त्री खनालले अँगालो हालेर बधाई दिएको तस्विर सामाजिक सञ्जालमा चर्चित बनेका थिए । मन्त्री खनालले आफूले नेपालको स्वाधिनताको पक्षमा काम गरेको बताउँदै नवनियुक्त मन्त्री भुषाललाई पनि स्वाधिनता र आत्मनिर्भर अर्थतन्त्र विकास गर्नेगरी काम गर्न सुझाव दिनुभएको थियो ।.
डर त्रासमा पर्दिन : कृषिमन्त्री भुषाल, स्वाधिनताको पक्षमा काम गर्नुसः पुर्व मन्त्री खनाल
मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर
नवनियुक्त कृषि तथा पशुपन्त्री विकास मन्त्री घनश्याम भुसालले आफू लोभ र डरबाट प्रभावित नभई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
नवनियुक्त मन्त्री भुसालले परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्दै व्यवसायीक कृषिको विकासमा केन्द्रित रही काम गर्ने पनि बताउनु भयो । बिहीबार दिउँसो सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले कृषि क्षेत्रको विकासका लागि अध्ययन, अनुसन्धानको काममा जोड दिने योजना पनि अघि सार्नुभयो ।
यस अघि नवनियुक्त मन्त्री भुसालले राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिनु भएको थियो । त्यसलगत्तै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नु भएका उहाँलाई निवर्तमान कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बधाई दिनुभएको थियो ।
बधाई ज्ञापन गर्न मन्त्रालय पुग्नुभएका निवर्तमान मन्त्री खनालले अँगालो हालेर बधाई दिएको तस्विर सामाजिक सञ्जालमा चर्चित बनेका थिए । मन्त्री खनालले आफूले नेपालको स्वाधिनताको पक्षमा काम गरेको बताउँदै नवनियुक्त मन्त्री भुषाललाई पनि स्वाधिनता र आत्मनिर्भर अर्थतन्त्र विकास गर्नेगरी काम गर्न सुझाव दिनुभएको थियो ।