
एनआएनए प्रबक्तामा डिबि क्षेत्री मनोनित, श्रमीकको एजेण्डा प्राथमिकतामा
काठमाडौं, २१ कात्तिक ।
गैरआवासीय नेपाली संघ ९एनआरएनए० को प्रवक्तामा डिबी क्षेत्री मनोनित भएका छन् ।
बुधबार बसेको एनआरएनए आईसिसिको बैठकले क्षेत्रीलाई प्रबक्तामा मनोनयन गर्ने निर्णय गरेको हो । हालै सम्पन्न एनआरएनएको नवौं अधिवेशन तथा विश्व सम्मेलनमा क्षेत्रीले महासचिवमा उम्मेदवारी घोषणा गरेका थिए । बलियो सम्भावना हुँदाहुँदै उनलाई महासचिवमा उम्मेदवारी दिन नदिइ रोकीएको थियो ।
महासचिब पदका दाबेदार रहेका क्षेत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिई कुमार पन्त समुहलाई समर्थन गरेका थिए । मध्यपुर्व क्षेत्रमा रहेका श्रमीक नेपालीका हक अधिकार र उपस्थितिलाई प्रमूख एजेण्डा बनाउने क्षेत्री अत्यन्तै चर्चित र स्थापित अभियन्ता पनि हुन् ।
पन्त समूहले क्षेत्रीलाई प्रवक्ताको जिम्मेवारी दिने पूर्व सहमतिअनुसार क्षेत्रीलाई प्रबक्तामा मनोनयन गरेको बताइएको छ ।
एनआरएनए मध्यपूर्वमा सक्रिय रहेका क्षेत्री मजदुरमैत्री एनआरएनए अभियन्ताको रुपमा चिनिदैं आएका छन् । अघिल्लो कार्यकालमा एनआरएनएका सचिब रहेका क्षेत्री बैदेशिक रोजगारीमा सामाजिक सुरक्षाको बिषय उठाउने पहिलो एनआरएन अभियन्ता हुन । उनले हजारे अभियानको नाममा बैदेशिक रोजगारी सञ्चय कोष अभियानको सुरुवात गरेका थिए । नेपाल सरकारले उक्त अभियानलाई सम्बोधन गर्दै हाल कानून निर्माणको क्रममा रहेको छ ।
ओमानमा कार्यरत क्षेत्रीले आफू सबैलाई उत्साहित हुने गरी काम गर्ने र गैर आवासिय नेपालीको हक हित अधिकार र नेपालको समृद्धिको लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
हार्दिक धन्यवाद !!
गैर आवासीय नेपाली संघ (NRNA) को प्रवक्ता जस्तो जिम्मेवार पदमा नियुक्त गरी पुनः एक पटक बिश्वभर रहेका गैर आवासिय नेपालीहरूको अधिकार प्रत्यायोजन गर्न र सेवा गर्ने अवसर प्रदान गर्नुभएकोमा नव निर्वाचित अन्तर्राष्ट्रिय समन्वय समिति तथा सहयोगी तथा शुभचिन्तकमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु।
यस बिचमा मलाई हौसला दिने,प्रोत्साहन दिने वा निरुत्साहित गर्न चाहने सबै प्रती उत्तिकै जिम्मेवार भएर काम गरेर देखाउने प्रण गर्दछु। सत्य र निष्ठाको धरातलमा रहेर भ्रमको खेती गर्नेहरूका लागि पनि प्रेरणाको श्रोत बन्न सकूँ भन्ने आत्मबिश्वाश लिएको छु।
जय NRNA !!
