
पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : योजना आयोग उपाध्यक्ष
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडलेले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।
उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यन्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नु भएको हो ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पार्नु भयो । त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नु पर्नेमा पनि उहाँको जोड छ ।
उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यन्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको कोष परिचालन गर्नसक्ने पनि स्मरण गराउनु भयो ।
