
जिउँदै इट्टाभट्टामा मान्छे जलाउने कांग्रेस सांसद आलम विरुद्ध मुद्धा दर्ता
बम बिस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर जलाएको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमविरुद्ध आज जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता हुँदैछ।
प्रहरीले अनुसन्धान सकेर बुझाएको प्रतिवेदन अध्ययन गरेको जिल्ला सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको हो। आलमसहित १० जनालाई सर्वस्वसहित जन्मकैद र इँट्टा भट्टाका मालिक मुक्ति साहलाई मतियारका रुपमा मुद्दा दायर गर्न लागिएको सरकारी वकिलको कार्यालयले जनाएको छ। आज मुद्दा दर्ता भएपछि भोली थुनछेक बहस हुनेछ।
प्रहरीले अनुसन्धानका क्रममा तत्कालीन प्रहरी अधिकारीहरुसँग समेत कागज गराएर बलियो प्रमाण जुटाएको छ। आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटले गएको असोज २६ गते पक्राउ गरेको थियो।
