प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सचिवालय बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । सोही क्षेत्रबाट निर्वाचित रवीन्द्र भट्टराईको हेलिकप्टर दुर्घटनामा मृत्युपछि श्रीमती विद्या भट्टराईलाई कास्की २ को भावी उम्मेद्वारका रुपमा त्यहिबेलादेखि नै चर्चा सुरु भएको थियो ।
त्यस्तै, प्रदेश सभा सदस्यका लागि दाङको ३ (ख) मा विमला वली र भक्तपुरको १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । विमला वली सोही क्षेत्रबाट निर्वाचित उत्तरकुमार वलीको श्रीमती हुनुहुन्छ ।
प्रवक्ता श्रेष्ठका अनुसार, बाग्लुङको २ (ख) मा राष्ट्रिय जनमोर्चाको उम्मेद्वारलाई समर्थन गर्ने निर्णय भएको छ । त्यस्तै, धरान उपमहानगरपालिकाको प्रमुखमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

नेकपाले उपनिर्वाचनका उम्मेदवार ताेक्याे : कास्कीमा रविन्द्रकाे श्रीमती विद्या , भक्तपुरमा डिपि ढकाल, अन्त काे काे ?
