विपत्तिमा परेको परिवारलाई अमृत उज्जवल स्मृति मञ्चकाे सहयोग

मूलखबर संवाददाता
धादिङ, १७ कात्तिक ।

राज्यद्वारा वेपत्ता पारएका नागरिक तथा युवा अमृत कँडेल र उज्जवल बरामको स्मृतिमा स्थापित अमृत उज्जवल स्मृति मञ्चले विपत्तमा परेका एक पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

धादिंग जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ निवासि स्व. राजमान तामाङको परिवारलाई मञ्चका तर्फबाट बेपत्ता परिवार राजेन्द्र कँडेलले पीडित परिवारलाई रकम हस्तान्तरण गर्नुभएको हो ।

उक्त अवसरमा नेकपाका गाउँपालिका अध्यक्ष कृष्ण थपलिया विवेकलगायतको उपस्थिति रहेको थियो ।
कँडेलले विभिन्न् समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्ने उद्धेश्यले आपतकालिन कोष खडा गरिएको बताउनुभयो ।