
पार्टी सभापति देउवाविरुद्ध युवाले काँग्रेस कार्यलयमै नाराबाजी गरेपछि…
प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाविरुद्ध पार्टी केन्द्रीय कार्यलयमै युवाहरुले नाराबाजी गरेका छन् । पार्टी कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध नेविसंघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सभापति देवाउले नेविसंघको नयाँ नेतृत्वका लागि ५० वर्ष आसपासका राजीव ढुंगानाको नाम प्रस्ताव गरेपछि त्यसको विरुद्धमा नेविसंघको एक समूहले प्रदर्शन गरेको हो ।
शुक्रबार अपरान्ह केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय सानेपा पुग्दा उनीहरुले देउवाविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । उनीहरुले ३२ वर्ष मूनीको नेतृत्व नेविसंघमा ल्याउनुपर्ने माग गरेका थिए । प्रदर्शनको नेतृत्व नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले गरेका थिए ।
विद्यार्थीहरुले आफुविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि देउवा आक्रोशित हुँदै औंलो ठड्याएर अपशब्द समेत प्रयोग गरेका थिए । नेविसंघको विधानमा नेतृत्वका लागि ३२ वर्षीय उमेर हद व्यवस्था गरिएको छ ।
प्र्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले अपश्व प्रयोग गरी युवाहरुलाई गालि गरेपछि उनीहरु झन आक्रोशित बनेका थिए ।
