किन आए लगातार अमेरिकाका इन्डो प्यासिफिक सैनिक अधिकारी नेपालमा ?
नेपाल इन्डो प्यासिफिकमा रहने की नरहने भन्नेबारे नेपालमा धेरै ठूलो चर्चा र विवाद छ । अमेरिकाले चीन घेर्ने रणनीतिमा आधारीत रहेको इण्डो प्यासिफिकमा नेपालकोे सहभागिता भएको भन्दै आफ्नो सुरक्षा प्रमूख निकायको प्रमूख पेन्टागनको वेवसाइटमा उल्लेख गरेको छ तर नेपालले आधिकारीक रुपमै यसको अस्वीकार गर्नुका साथै उक्त वेवसाइटबाट हटाउन माग गरेको कुरा पनि चर्चामा आएको छ ।
खास गरी पुर्व नेकपा माओवादी केन्द्रले यसको निरन्तर विरोध गर्दे आइरहेको छ । सत्तारुढ दल नेकपाकै पुर्व एमाले खेमाले यसप्रति नरम धारणा रहखेको भन्दै पुर्व माओवादी र एमाले समुहबीच यस विषयमा गम्भीर विवाद समेत देखिएको बेला
नेपाली सेनाको क्षमता अभिवृद्धि र व्यवसायीकरणका विषयमा अमेरिकी सेनाले सहकार्य गर्ने भन्दै अमेरिकी सेनाको ‘युएस आर्मी प्यासिफिक’ अन्तर्गतका २० सैनिक अधिकारी काठमाडौं आएका छन्।
नेपाली सेनालाई प्राविधिक हिसाबले सक्षम बनाउने विषयमा छलफल केन्द्रित हुनेछ। उपरथी नेतृत्वमा इन्डो प्यासिफिक कमाण्डअन्तर्गतको युएस आर्मी टोली नेपाल आएको हो। दुई मुलुकका सैनिक अधिकारीबीच हुने यो छलफललाई ‘ल्याण्ड फोर्स टक’ नाम दिइएको छ।
जंगी अड्डामा मंगलबारबाट दुई दिनसम्म नेपाली र अमेरिकी सैनिक अधिकारीबीच छलफल हुनेछ। शान्ति सेना, नेपाली सेनाको क्षमता अभिवृद्धि, विपत् व्यवस्थापनलगायतका विषयमा छलफल केन्द्रित हुने सैनिक स्रोतले बताएको छ।
प्रतिआतंकवादको विषयमा समेत छलफल हुने ति सैनिक अधिकारीले बताए। सहरी विद्रोह नियन्त्रण र प्रतिकारका विषयमा समेत दुई मुलुकका सैनिक अधिकारीबीच छलफल हुनेछ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शम्भु कट्टेलले लेखेका छन् ।