नेपालमै पहिलो पटक माझी गोल्डकपको आयोजना, आज मुख्य मन्त्रीले उद्घाटन गर्दै

मूलखबर संवाददाता
मकवानपुर, १ कात्तिक ।

नेपालमै पहिलो पटक माझी समुदायले माझी गोल्ड कप खेलकुँदको आयोजना गरेका छन् । मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा आयोजना गर्न लागिएको गोल्डकपको नाम प्रथम राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता राखीएको छ ।

प्रतियोगिताको उद्घाटन प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले गर्नुहुने माझी महिला नेतृ तथा बकैया गाउँ कार्यपालिका सदस्य लक्ष्मी माझीले मूलखबरलाई बताउनुभयो ।

राष्ट्रको लागी खेल ,स्वास्थ्यको लागि खेल, माझी युवा सशक्तीकरण र पहिचानको लागि खेल भन्ने मुल नाराका साथ प्रथम राष्ट्रिय माझी गोल्डकप फुटबल प्रतियोगिता २०७६ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।

कार्तिक १ गतेबाट शुरु हुने प्रतियोगिताको समापन भने कात्तिक ९ गते प्रदेश ३ का सामाजिक विकास मन्त्री कार्तिक ९ गते सामाजिक विकास मन्त्री माननीय युवराज दुलाल शरदले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा १५ जिल्लाका १७ टिम सहभागी हुने भएका छन् । माझी समुदायले आफ्नो जातीय पहिचान झल्किने पोसाक तथा सास्कृतिक झाकी सहित कार्यक्रममा सहभागि हुने आयोजकले जनाएको छ ।

नेपाल माझी उतथान संघको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण खेलहरु बकैया गाउँपालिका वडा नं ४ स्थित जुरेलीमा रहेको जुरेली खेल मैदानमा हुने बताइएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश ३ का सांसद तथा नेकपा दल सचेतक बुद्धिमान माझी, माझी मोर्चाका अध्यक्ष तुलाबहादुर माझी, महासचिव उमीृला माझी लगायत ३ नं प्रदेशका सांसदहरु, गाउँ पालिका अध्यक्षसहितका पदाधिकारीहरु, विभिन्न राजनीतिक दलका नेताहरु,साथै विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु सहभागि हुने आयोजकले जनाएको छ ।