नीति कार्यक्रम पहिलेको ८० प्रतिशत कपी पेष्ट छ : प्रभु शाह

मूलखबर संवाददाता
काठमाडौं, १९ बैसाख ।

प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अघिल्लो वर्षको ८० प्रतिशत कपी पेष्ट भएको बताएका छन् । उनले अहिलेको नीीत कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै आम जनता पार्टीका अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाए ।

नेता साहले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको बताए ।

‘देशलाई सङ्कटबाट निवारण गर्छ, जनतालाई उत्साहित बनाउँछ, फेरि एक चोटि धरमराइरहेको आशालाई जीवित गर्छ भनेको त यसलाई चिसो पानीमा खनाएको जस्तै भयो,’ उनले भने ।