एनअारएन अधिवेशनः २३२४ मत खस्याे, अध्यक्षका प्रत्याशीले दिए धन्यवाद

मूलखबर संवाददाता
काठमाडौं, ३० असाेज

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनको लागि जारी मतदान प्रक्रिया सम्पन्न भएको छ । मतदानमा कूल २३४४ मत खसेको छ । २६ सय बढि सहभागी रहेका भएपनि मत ९२ प्रतिशत मात्रै खसेको जनाईएकाे छ ।

मतदान प्रक्रिया सम्पन्न भएपछि अध्यक्षका प्रत्याशी पन्त र अाचार्यले धन्यवाद दिएका छन् ।

मतदान प्रक्रिया सकिएलगत्तै अहिले मुचुल्का उठाउने काम भइरहेको छ । करिब १ घण्टापछि मतगणना सुरु हुनेछ ।

बिहीबार बिहान १० बजेबाट हायत होटलमा मतदान प्रक्रिया सुरु भएको थियो ।

बुधबार मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध लगायतका काम सकिएको भएपनि साँझबाट शुरु हुने भनिएको मतदान रोकिएको थियो ।

संघका उपाध्यक्ष कुमार पन्त र कुल आचार्य दुई प्यानल बनाएर मैदानमा उत्रिएका छन् ।

निर्वाचनमा करीब २ हजार ४ सय मतदाता सहभागी थिए ।  तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका प्रतिनिधि सहभागी छन् ।  एनअारएनकाे सम्मेलनमा पनि ताेडफाेड र अव्यवस्थित भएको भन्दै अालाेचना भएको छ ।