विप्लव नेकपाको व्युरो बैठक प्रहरीको कब्जामा, विप्लवका दाजुसहित २१ पक्राउ (नामावलीसहित)

मूलखबर संवाददाता
काठमाडौं, ३० असोज।

सरकारद्वारा प्रतिवन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको व्युरो स्तरिय बैठक नै प्रहरीले कब्जा गरेका छ । बुधबार राति नेपाल प्रहरीले दाङको राजपुर गाउँपालिका ४ मा चलाएको अपरेशनका क्रममा बैठक स्थल नै पुरै कब्जा गरी नेता कार्यकर्ता पक्राउ गरेको हो । पक्राउ परेका २१ जनाकै नाम प्रहरीले सार्वजनिक गरेको छ ।

अनुसन्धानमा खटिएको प्रदेश नं। ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो

पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका दाजु चन्द्रबहादुर उर्फ वीरजंगसहितका नेता छन् । हाल उनी समूहमा केन्द्रीय सदस्य तथा लुम्बिनी ब्युरो इञ्चार्ज एवं मध्यपश्चिम कमाण्ड इञ्चार्ज रहेका प्रहरीको दावी छ ।

  1. चन्द्रबहादुर उर्फ वीरजंग
  2. राप्ती ब्युरो इञ्चार्ज केशवबहादुर बाँठा मगर (सुवास),
  3. राप्ती ब्युरोका न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ९सुन्दर०,
  4. कार्यालय सचिव सविन पोख्रेल,
  5. जिल्ला इञ्चार्ज यमलाल कटुवाल ९विक्रम०,
  6. जिल्ला सेक्रेटरी प्रदीप वली,
  7. युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष बबिन केसी ९पाटन, जंगली०,
  8. बुद्धिजीवि सुनिल पौडेल
  9. क्षेत्र नं ४ इञ्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी
  10. त्यस्तै, क्षेत्र नं १ इञ्चार्ज एवं राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा (महान),
  11. पूर्वजनमुक्ति सेना तिलक पुन,
  12. दलित राष्ट्रिय मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सुरज विक,
  13. सदस्य हितप्रसाद रोका,
  14. रोल्पा सदस्य पोष्टमान घर्ती,
  15. दलबहादुर घर्ती,
  16. अमित घर्ती मगर,
  17. बालकृष्ण शर्मा,
  18. जीत क्षेत्री,
  19. रमेश आचार्य,
  20. कुलबहादुर वली र
  21. विष्णु थापा पक्राउ परेका छन् ।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय, दाङमा ल्याएको छ । समूहको राप्ती ब्युरो बैठकमा घेराबन्दी गरेर प्रहरीले २१ जनालाई पक्राउ गरेको थियो । त्यसक्रममा महत्वपूर्ण दस्तावेज, हतियार, चन्दा संकलन गरिएका रसिद लगायत बरामद भएको प्रहरीको दावी छ । यस घटनाले विप्लव नेकपालाई धेरै ठूलो क्षती पुगेको दावी प्रहरीले गरेको छ ।