
एनआरएनए निर्वाचनमा यी हुन् केही बलिया उम्मेदवार
काठमाडौं, ३० असोज । गैर आवासीय नेपाली संघको ९ औं अधिवेशन राजधानीमा शुरु भएको छ । अधिवेशनको शुरुवातसँगै नेतृत्वमा होडवाजी र प्रतिस्पर्धा शुरु भएको छ । एनआरएनएको नयाँ नेतृत्वका लागि विभिन्न पदका आकांक्षीहरुले आ–आफ्नो दाबेदारी प्रस्तुत गर्दै गर्दा केही उम्मेदवारहरुको भने जितको बलियो सम्भावना देखा परेको छ ।
त्यसरी संभावना देखा पर्ने उम्मेदवारहरुमा सहकोषाध्यक्षका प्रत्यासी लोकप्रसाद दाहाल पहिलो नम्बरमा परेका छन् । बेल्जीयममा व्यवसाय सञ्चालन गरी २००३ देखि नै एनआरएन अभियानमा जोडिएका दाहाल समाजसेवी, मृदुभाषी हुनुका साथै उनका कमजोर प्रतिस्पर्धी उनको जिताका बलियो आधार बनेका छन् । उनको पक्षमा विश्वभर राम्रो माहौल खडा भएको छ । नेकपा निकट मानिएपनि उनलाई प्रजातान्त्रीक पक्षको मत पनि पर्ने सम्भावना देखिन्छ ।
त्यसैगरी सह–कोषाध्यक्षका अर्का बलियो उम्मेद्धारको रुपमा आफुलाई उभ्याउँदै आएका एसी शेर्पाले उम्मेद्धारी नदिएपछि दाहालको सम्भावना थप वलिायो बनेको हो ।
एसी शेर्पा स्वयंले सहकोषाध्यक्षमा दाबेदारी प्रस्तुत गर्दै आएपनि सबैको कल्यानका लागि त्यसबाट पछि हट्ने सोच बनाएको बताएका छन्। शेर्पाले सो पदका लागि उम्मेद्धारी नदिने भएसँगै आफुलाई सबैभन्दा बलियो उम्मेद्धारको रुपमा उभ्याउँदै आएका दाहाललाई जित्नका लागि थप सहज बनेको हो ।
धादिङ बुढाथुममा जन्मिएका दाहाल बेल्जियममा बस्छन् । बेल्जियममा होटल तथा रेष्टुरेन्ट व्यवसायमा सफल दाहालले नेपालमा दुरदराजका ग्रामिण क्षेत्रको शिक्षा, स्वास्थ्य तथा मानबीय सेवामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
उनले आफ्नो उम्मेद्धारीसँगै पाँच वटा चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
दाहालका पाँच प्रतिबद्धताहरु यस्ता छन्ः
१। एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।
२। संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।
३। नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने ।
४। विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।
५। नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने ।
त्यसैगरी अर्का बलियो उम्मेदवारको रुपमा उपाध्यक्षका प्रत्याशी धर्मराज अधिकारी देखिएका छन् । अष्ट्रेलियामा व्यवसाय सञ्चालन गरेका सफल व्यवसायी र शिक्षीत वर्गमा पर्ने अधिकारीको पक्षमा पनि विश्वव्यापी माहौल बनेको देखिएको छ । ओशियाना क्षेत्रको संयोजकको भुमिका सफलतापुर्वक निर्वाह गरेका अधिकारी आफूलाई सधैं निडर र प्रष्ट बक्ताको रुपमा उभ्याउँछन् ।
त्यसैगरी अर्का बलीया उम्मेदवारमा ओशीयाना संयोजकमा उम्मेदवारी घोषणा गरेका खमलेसियाका खगेन्द्र न्यौपाने पनि देखिएका छन् । आयात निर्यात र हाइड्रोपावर व्यवसायमा लागेका न्यौपाने युवा जमातमा निकै नै स्थापित छन् ।
त्यसैगरी अर्का बलिया उम्मेदवारमा बेल्जीयमका सचिव पदमा उम्मेदवारी दिने शिव बरुवाल पनि देखिएका छन् । यस अघि युरोप क्षेत्रको संयोजकको रुपमा सफल कार्यकाल विताएका उनी युवा तथा शिक्षीत मानिसहरुबीच अत्यन्त स्थापित छन् ।
अर्का बलियो उम्मेदवारको रुपमा महिला संयोजककी उम्मेदवार संगिता मरहट्टा पनि देखिएकी छिन् । वेलायतमा लामो समयदेखि बसोवास गरिरहेकी तथा सामाजिक सेवामा निरन्तर लागिरहेकी मरहट्टा बीबीसी नेपाली सेवामा काम गर्ने पुर्व पत्रकार तथा संचारकर्मी समेत हुन् । विशेष गरेर महिलाको विषयमा विश्वभर राम्रो प्रभाव छाड्न सफल भट्टराईले निर्वाचनमा सबैको मन जित्न सफल देखिएकी छीन् ।
त्यसैगरी बलियो उम्मेदवारका रुपमा कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ पनि देखिएका छन् । जापानमा सफल व्यवसायीका रुपमा परिचित उनी इमान्दार र समाजसेवीको परिचय बनाएका एनआरएनए अभियन्ता हुन् ।
त्यसैगरी अर्का वलिया उम्मेदवारमा युवा संयोजकका दावेदार सुदिप कार्की पनि देखिएका छन् । युएइमा बैदशिक रोजगारीको सिलसिलामा कार्यरत कार्की अत्यन्त क्षमतावान र उर्जाशील युवा भएको तथा मध्यपुर्वमात्रै नभई विश्वभर नै सफल युवाको रुपमा परिचय बनाउन सफल भएकाले उनको पक्षमा राम्रो माहौल देखिएको छ । विशेष गरेर बैदेशिक रोजगारीको सिलसिलामा खाडी मूलुक जाने नेपाली श्रमीकहरुको साथ पाएका उनले आफ्नो वियजको निकै सम्भावना भएको बताए ।
