
पुर्व सभामुख महरा अस्वस्थ, अझै केही समय अस्पतालमा रहनुपर्ने डाक्टरकाे सुझाव
उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा थप समस्या अाएकाे छ । स्वास्थ्य अवस्था जटील बनेपछि अस्पतालमै बयान लिने तयारी भएको छ । उहाँलाइ अस्पताल बाहिर लैजान नमिल्ने भन्दै डाक्टरले अस्पतालमै अाएर बयान लिन प्रहरीलाइ सुझाएका थिए ।
महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले बाहिर निकाल्न नमिल्ने अस्पताल स्रोतको भनाइ छ । प्रहरीले भाेली मंगलबार सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिने तयारी गरेको थियो । तर, उपचारमा संलग्न डाक्टरले उनलाई अस्पतालबाहिर लैजान नमिल्ने बताएपछि अस्पतालमै बयान लिने तयारी भएको हो ।
