स्वदेश फर्किए चिनियाँ महामहिम राष्ट्रपति सि जिनपिङ, विमानस्थलमा भव्य विदाइ

मूलखबर संवाददाता
काठमाडौं, २६ असोज ।

नेपालको दुई दिने राजकीय औपचारिक भ्रमण सफलतापुर्वक सम्पन्न गरेर चिनियाँ राष्ट्रपति सी जिनपिङ स्वदेश फर्कनुभएको छ ।

भारतको भ्रमणपश्चात शनिबार अपरान्ह काठमाडौं आइपुग्नुभएका चिनियाँ राष्ट्रपति सी आइतबार दिउँसो २ बजेर ४० मिनेट जाँदा एयर चाइनाको विशेष विमानबाट स्वदेश फिर्ता हुनुभएको हो ।

शनिबार स्वागत गर्न पनि राष्ट्रपति भण्डारी नै विमानस्थल पुग्नुभएको उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले नै भव्यतापुर्वक विदाइ गर्नुभएको थियो ।

स्वदेश फर्कनुअघि नेपाली सेनाले चिनियाँ राष्ट्रपति सीलाई बिदाई सलामी अर्पण गरेको थियो । त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिहरुले बिदाइ गर्नुभएको थियो ।