
कांग्रेसको चियापान आज : आन्तरिक विवाद मिल्न सक्लान त ?
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आज चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । कांग्रेसले चियापानको निरन्तरताको रुपमा कार्यक्रम आयोजना गरेको जनाएको छ । विसं २०३३ मा पार्टी संस्थापक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ ।
काङ्ग्रेसले यस वर्ष पनि निरन्तरता दिँदै विजयादशमी, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज अपराह्न १ देखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको हो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, सांसद, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानवाधिकारकर्मी, विभिन्न सञ्चारमाध्यमका प्रमुख, पत्रकारलगायतका विशिष्ट महानुभाव एवं शुभेच्छुकको सहभागिता रहने बताइएको छ ।
दलका चियापान कार्यक्रमहरु एक आपसमा विग्रीएका सम्बनध सुधारका सेतु बन्ने गरेका छन् । अन्तरपार्टीबीचका सम्वन्धमा सुधार ल्याउन चियपान कार्यक्रम सफल हुने गरे पनि आन्तरिक पार्टीभित्रको अन्तर संघर्षलाई व्यवस्थापन गरि सहज वातावरण बनाउन भने यस्ता कार्यक्रम सफल देखिएका छैनन् । आजको चियापानले कांग्रेसमा देखिएका विवाद मिल्न सक्लान त ?
