नेकपा नेतासँग राष्ट्रपति सि काे सामुहिक भेट, प्रचण्डसँग वान टु वान वार्ता
विश्वकाे उदियमान तथा सर्वशक्तिमान बन्दै गरेकाे छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति यतिवेला नेपालकाे अाैपचारिक राजकीय भ्रमणमा रहनुभएकाे छ ।
आइतबार अाज होटल सोल्टीमा सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र प्रचण्ड नेतृत्वको नेकपा नेताहरुबीच सामूहिक भेटवार्ता भएको हो ।
भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी छन् । सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन् ।
अाजैै सि ले प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सँग भेटवार्ता गर्ने कार्यतालिका छ ।
यस अघि भ्रमणमा आउनुभएको पहिलो दिन शनिबार समकक्षी नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्नुभएको थियो ।
सामूहिक भेटपछि भने अध्यक्ष प्रचण्ड र चिनियाँ राष्टपति सीबीच वान टु वान वार्ताकाे तालिका पनि निर्धारण गरिएको छ ।