जापानमा भिषण अाँधी : ५ काे मृत्युु, २३५ किमि प्रतिघन्टाकाे गति, कति भयाे क्षति ?
मित्रराष्ट्र जापानमा अाएकाे शक्तिशाली अाँधि र तुफानले नराम्ररी क्षति पुर्याएकाे छ ।
मुसलधारे वर्षासहितको आँधीका कारण जापानमा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने आँधीका कारण दर्जन मानिस सम्पर्कविहीन भएका छन् । अाँधिका कारण कयौँ मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
६० वर्षपछि अाएकाे यति धेरै शक्तिशाली अाँधी र तुफानले पनि धेरै जनधनको क्षति पुर्याउन नसक्नुमा जापान सरकारकाे प्रशंसा गरिएको छ । सरकारले जनताकाे जिवनमा देखाएको जिम्मेवारीपन र सुरक्षा सतर्कताले गर्दा क्षति कम भएको भन्दै प्रशंसा गरिएको हाे ।
आँधीका कारण २ लाख ७० हजार भन्दा धेरै घरमा बिजुली आपूर्ति बन्द भएको छ । आँधीका कारण बाढी र पहिरोको जोखिम रहेको भन्दै ७ लाख मानिसलाई सुरक्षित ठाउँमा जान भनिए पनि ५० हजार जति मात्रै सुरक्षित ठाउँमा गएका खबरमा उल्लेख छ ।
६० वर्ष यताकै ठूलो वर्षा र आँधीको प्रभावले पाँच जनाको ज्यान गएको क्योदो न्यूज एजेन्सीले उल्लेख गरेको बीबीसीले जनाएको छ । राजधानी टोकियोको दक्षिण पश्चिम इजु प्रायद्वीपमा बढी पानी परेको छ । अहिले यो आँधी प्रतिघण्टा २ सय २५ किलोमीटरगतिमा पूर्वी तटिय क्षेत्रमा अघि बढी रहेको खबरमा उल्लेख छ ।