स्वास्थ्य सेवा विधागमा देखियो यस्तो बेथिति, अख्तियारमा पुग्यो उजुरी

मूलखबर संवाददाता
काठमाडौं, भदौ

स्वास्थ्य सेवा विभागले औषधि आपूर्तिका लागि पेस्की रकम उपलब्ध गराएको एक वर्ष बितिसक्दा पनि औषधि आपूर्ति हुन सकेको छैन । विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले निःशुल्क स्वास्थ्य सेवा प्रवाहका लागि २९ मे २०१८ मा ओआरएस जीवनजल आपूर्तिका लागि आकाशअन्तरिक्षम् जेभी कम्पनीलाई २९ लाख ८५ हजार रुपैयाँ पेस्की उपलब्ध गराएको थियो । तर, सो जीवनजल अहिलेसम्म आपूर्ति हुन सकेको छैन ।

जीवनजल आपूर्तिका लागि आर्थिक वर्ष २०७४÷७५ मा जेभी आकाश अन्तरिक्षम् जेभीसँग आईसीवी ४१।१९ को सम्झौता भएको थियो । ५ करोड ८५ लाख ५९ हजार ७३० रुपैयाँबराबरको सम्झौता भए पनि अहिलेसम्म औषधि आएको छैन । आपूर्ति गर्नुपर्ने जीवनजल ९८ लाख ८ हजार प्याकेट थियो । तर, अहिलेसम्म जीवनजल आपूर्ति भएको छैन । जानकारहरूका अनुसार सम्झौता भएको ६ महिनाभित्र औषधि आपूर्ति नभए कालोसूचीमा राख्नुपर्छ । स्वास्थ्य सेवा विभागले कारबाही प्रक्रिया अघि बढाउन नसकेको स्रोत बताउँछ । यस्तै, सम्झौता नम्बर एनसीवी ४८, २०७४÷७५ को औषधि सप्लाइ भएकोमा माग फारम ००७२, २२ फागुन २०७५ मा ब्याच नम्बर एमओएसई ०२८ र एमओएसई ०१८ ब्याचको इन्जेक्सन एमपीसिलीन १ लाख ५० हजार भायल एकैपटक एउटै माग फारमबाट घटाइएको पाइएको छ । जुन औषधिको मूल्य २५ लाख ५० हजार रुपैयाँ पर्न आउँछ । सो औषधि वितरण लिस्टअनुसार विभिन्न जिल्लामा पठाउनुपर्ने हुन्छ । विभागअन्तर्गत व्यवस्थापन महाशाखाले मेसिन खरिद प्रक्रियामा नीतिगत भ्रष्टाचार गरेको भन्दै यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीको चाङ छ । विभागले सिटी स्क्यान, यूएसजी, मेडिकल वास्टलगायतका उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै आयोगमा उजुरी परेको छ ।

विभागले २९ असार २०७६ मा डीओएचएस÷जी÷आईसीबी ७५।१÷२÷३÷४ एलएमडी २०७५÷७६ को बोलपत्र आह्वान गरेको थियो । जसअन्तर्गत सिटी स्क्यान, यूएसजी मेडिकल वेस्टलगायत उपकरणमा १६ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बोलपत्रको माध्यमबाट खरिद गर्दा स्वास्थ्य प्रतिस्पर्धाकै आधारमा न्यूनतम रकम बोलकबोल गर्नेको बोलपत्र स्वीकृत हुने कानुनी व्यवस्था छ । तर, कर्मचारी र व्यापारीको मिलेमतोबाट एउटै कम्पनीको विशिष्टीकरण मिल्नेगरी बोलपत्रमा समावेश गरेको पाइएको छ । तीनै फर्मबाट मागेर
लागत निर्धारण गर्ने विधि पु¥याई अन्य कम्पनीको सामान र त्यसका डिलरलाई बोलपत्रमा भाग लिन समेत वञ्चित गराइएको आयोगमा परेको उजुरीपत्रमा उल्लेख छ ।

यसैगरी, डीओएचएस÷आईसीबी÷४४ को टेन्डरमा पनि भ्रष्टाचार भएको उजुरी अख्तियारमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिनलाई सूक्ष्म रूपमा अघि बढाएको जनाएको छ । मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अनियमितताका सन्दर्भमा अध्ययन भइरहेको बताएको समाचार राजधानी दैनिकमा प्रशान्त वलीको बाइलाइनमा छ ।