
सामाजिक सञ्जालमा छाएको अराजकताप्रति सांसदद्धारा ध्यानाकर्षण
नेकपाका सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको, संवेदना हराएको र प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने अपराधिक मनोवृत्ति देखिएको भन्दै त्यस्ता व्यवहार गर्ने प्रति घोर भत्र्सना गर्नुभएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अधिकारीले सामाजिक संजालमा जे पनि राख्ने छुट दिन नहुनेमा जोड दिदैं राज्यले अराजकतालाई नियन्त्रण गर्नुपर्नेमा ध्यानाकर्षण गर्नुभयो । उहाँले डेगुंको प्रकोपले मुलक नै आक्रान्त परेको भन्दै सम्पुर्ण संयन्त्र प्रयोग गरि डेंगु विरुद्ध मुलुकभर अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सुरेश वाग्ले क्यान्सर अस्पताल शिघ्र निर्माण गर्ने व्यवस्था मिलाउन पनि उहाँले माग गर्नुभयो ।
त्यसैगरी नेकपाका सांसद हृदयेश त्रिपाठीले नेपाल राष्ट्र बैकको प्रभावकारी नियमन नभएका कारण बैकहरुमाथि सर्वसाधरणको विश्वास गुम्दै गएको बताउनुभयो । उहाँले बैकहरुले राम्रो धितोलाई जसरी पनि हात पार्ने र ऋण लगानी गरेर चर्को व्याज असुल गरि सर्वसाधरणलाई मारमा पार्ने गरेको बताउनुभयो । विगतमा बैकिङ कसूरको आरोप लागेका व्यक्ति तीनवटा बैकका सिईओ भएको दाबी पनि उहाँले गर्नुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद प्रसाद लिङ्देनले एक जना सांसदले ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम बनाउँछ या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पारिनुपर्ने धारणा राख्नुभयो । उहाँले यसबारेमा सरकारको पनि ध्यानाकर्षण गराउनुभयो ।
केही दिन अघि नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले संसदीय समितिको बैठकमा नेपाल कुटनीति क्षेत्रमा असफल भएको भन्दै ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।
सांसद लिङ्देनले पुर्व प्रधानमन्त्रीहरु तथा वर्तमान सरकारका उपप्रधानमन्त्री भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा जाने कुराले नेपाल र नेपालीको स्वभिमानमाथि प्रश्न उठाउने काम गरको भन्दै गम्भीर आपत्ती जनाउनुभयो ।
नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक अवस्थामा पुग्ने भन्दै कुटनीतिप्रति सही बुझाई राख्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले समय, परिस्थिति र दुवै देशका सरकार बदलिएको अवस्थामा पनि दुई बर्षको तोते बालकले भाषा सिके जस्तो गरि कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिको पुनरावलोकन भन्ने शब्द दोहोर्याउने काम भएको टिप्पणी गर्नुभयो ।
