भोजपुरमा ८८ बर्षे बृद्धा बलात्कृत
काठमाडौं,१४ जेठ ।
उतरी भोजपुरको कुलुङ गाविसकि एक जना ८८ बषिर्या बृद्धा बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न छिमेकी ५३ बषिर्य टंकबहादुर बागदास पक्राउ परेका छन् ।
सदरमुकामदेखि १९ कोस सुदुर उतर कुलुङ गाविस-३ का ५३ वर्षीय गोरे भन्ने टंकबहादुर बागदास बुधबार पक्राउ परेका हुन् ।
बलात्कृत बृद्धाले जिल्ला प्रहरी कार्यालयमा घटनाको उजुरी दिएपछि उनलाई इलाका प्रहरी कार्यालय दिंलाबाट गएको टोलीले पक्राउ गरेको हो ।
गत जेठ ३ गते अपरान्ह साढे १२ बजेको समयमा घरमा एक्लै बसिरहेको अवस्थामा टंकबहादुरले जवरजस्ती करणी गरेको पीडित बृद्धाले खुलाउदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध जवरजस्ती करणी अपराध गरेको अभियोगमा जिल्ला अदालतमा मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले बताए ।