यो हो ह्वाईटहाउसबाट बाहिरीएपछि ओबामा बस्ने घर

वासिंटन, १३ जेठ  ।

1464230534obama-house

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१७ को सुरुआतमा आफ्नो कार्यकाल पुरा गर्दैछन् । अमेरिकी राष्ट्रपतिका रुपमा दुई कार्यकाल पुरा गरि उनी ह्वाइट हाउसबाट बाहिरिनेछन् ।

अधिकांश अमेरिकी राष्ट्रपति ह्वाइट हाउसबाट बाहिरिएपछि राजधानी वासिंटन बाहिर रहेर आफ्नो नीजि जीवन बिताउँदै आएका भए पनि ओबामा भने राजधानी मै रहने भएका छन् । छोरीको पढाई पुरा नभएका कारण उनी राजधानी मै बस्ने भएका हुन् ।

ओबामाका लागि बस्ने घरको बन्दोबस्त समेत भइसकेको छ । वासिंटन डिसीको उत्तरपश्चिममा रहेको क्यालोरेमा एरियास्थित एउटा घर ओबामा परिवारको रोजाईमा परेको छ । कान्छी छोरी साशाको विद्यालय नजिकै भएका कारण ओबामा परिवारले यो घर रोजेका हुन् ।

ओबामाले रोजेको घर भएको क्षेत्र ‘हाइ प्रोफाइल’ हरुको बासोबास क्षेत्र हो । यहाँ बेलायत, युरोपेली युनियन, फ्रान्स, पोर्चुगलका राजदुतहरु बस्दै आएका छन् । साथै टर्की, जापान, दक्षिण कोरिया, इटली, डेनमार्क लगायत विभिन्न मुलुकका राजदुतावास पनि नजिकै छन् ।

नौ बेडरुमसहितको घर ओबामा परिवारका लागि रोजिएको हो । ८ हजार दुई सय वर्ग फिटको यो घरमा बगैंचा, पार्किङको पनि राम्रो सुविधा छ ।

(एजेन्सी)