१ करोड ६९ लाख कित्ता नयाँ सेयर बजारमा
आज मंगलबार पूँजी बजारमा चार वाणिज्य बैंक लगायतका विभिन्न आधादर्जन कम्पनीको करिब एक करोड ६९ लाख कित्ता नयाँ सेयर थपिएको छ । एसबीआई, एनसीसी, सेञ्चुरी, मेगा बैंक लगायतका कम्पनीको एक करोड ६८ लाख ४९ हजार १ सय १८ कित्ता बोनश सेयर सूचिकृत भएको छ ।
एसबी आई बैंकको ८२ लाख ५५ हजार ४ सय ५८ कित्ता, एन्सीसी बैंकको ३२ लाख ४५ हजार ७ सय ६० कित्ता ,सेञ्चुरी बैंकको १९ लाख ८ हजार कित्ता र मेगा बैंकको २६ लाख ९ हजार ६ सय कित्ता बोनश सेयर थपिएको हो ।
यसैगरी समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एक लाख ४७ हजार २ सय कित्ता तथा एनएलजी इन्स्योरेन्सको ६ लाख ८३ हजार एक सय कित्ता बोनश सेयर सुचिकृत भएको हो । त्यस्तै तारागाँउ रेजेन्शी होटलको २१ लाख २१ हजार ७ सय ५० कित्ता अग्राधिकार सेयर साधारण सेयरमा रुपान्तरण गरिएको नेप्सेले जनाएको छ ।