धितोपत्र बोर्डले कार्यकारी अध्यक्ष तत्काल नपाउने

मूलखबर संवाददाता
काठमाडौं, २१ कात्तिक

लामाे समयदेखि रिक्त भएको नेपाल धितोपत्र बोर्डकाे कार्यकारी अध्यक्ष अझै केही महिना नियुक्त हुन नसक्ने देखिएकाे छ । यससँगै बाेर्डले तत्काल नेतृत्व नपाउने निश्चित भएको छ । सर्वाेच्च अदालतमा परेको मुद्दा किनारा नलागेसम्म अध्यक्ष नियुक्त नहुने स्पष्ट भएको हो ।

बोर्डको कार्यकारी अध्यक्ष खाली भएको १० महिना पुगेको छ । ०८० पुस २० गते तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएसँगै बोर्ड कामचलाउ अध्यक्षको भरमा छ ।

अध्यक्ष बोर्डको अध्यक्ष छनोटसम्बन्धी मुद्दाको पेसी आगामी माघ ३० गतेका लागि तोकिएको छ । अब मुद्दाको किनारा लागेपछि सरकारले नयाँ सिफारिस समिति गठन गरेर अध्यक्ष छनोट प्रक्रिया अगाडि बढाउने भएको छ । मुद्दाको पेसी आगामी माघ ३० गतेका लागि ताेकिएकाे छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, गत असोज १८ गतेको अन्तर्वार्तालाई विफल बनाउनु पनि त्यसैको एक स्वरूप हो । सिफारिस समितिले पहिले अन्तर्वार्ता र प्रस्तुतीकरण नदिएकाहरूलाई असोज १८ गते बोलाएको थियो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार, गत असोज १८ गतेको अन्तर्वार्तालाई विफल बनाउनु पनि त्यसैको एक स्वरूप हो । सिफारिस समितिले पहिले अन्तर्वार्ता र प्रस्तुतीकरण नदिएकाहरूलाई असोज १८ गते बोलाएको थियो ।