शिक्षकमा जागिरकोे अवसर , ११ सय बढी पदमा दरखास्त आह्वान

teachet

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदपूर्ती गर्न  १ हजार १ सय १७  पदका लागि विज्ञापन प्रकाशित गरेको छ। आयोगले सोमबार उक्त पदहरुमा विज्ञापन प्रकाशित गरेको हो।

आयोगले २०६३ देखि सामुदायिक विद्यालयामा रिक्त रहेका दरबन्दीहरुमा पदपूर्तिका लागि उक्त संख्यामा शिक्षण पदपूर्ति गर्न लागेको जनाएको छ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित विज्ञान, संस्कृत व्याकरण, संस्कृत भाषा, कम्प्युटर विज्ञान गरी ९ ओटा विषयका लागि उक्त विज्ञापन प्रकाशित गरको जनाएको छ।

प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको अध्यापन अनुमति पत्रका अधारमा नेपाली नागरिकता देखाएर विज्ञापनको आवदेन दिन सक्ने आयोगले जनाएको छ। आउँदो असार १२ गतेसम्म दरखास्त बुझाउन सकिने आयोगले जनाएको छ। त्यस्तै दोब्बर दस्तुरमा असार १९ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ। आवेदन शुल्क रु. ७ सय रुपैयाँ लाग्ने र प्रत्येक समावेशी समुहका लागि थप ५ सयका दरले शुल्क लाग्ने आयोगले जनाएको छ।

उक्त विज्ञापनको लिखित परीक्षा भदौ ११ गते हुने जनाएको छ। यो विज्ञापन क्षेत्रीय तहमा भएको आयोगले जनाएको छ।

अायाेगकाे सूचना(विज्ञापन)

orivtx1463989060teacher-wanted