लमजुङमा पछिल्लो समय घरेलु हिंसाका उजुरीहरु बढ्दै,

विमला अधिकारी, ९  जेठ
महिला तथा वालबालिका कार्यालय लमजुङमा हिसांका घटनाका उजुरीहरु बढ्न थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकताले महिलाहरु हिंसालाई आफैभित्र दवाएर राख्ने गर्देथे । जसले गर्दा घरेलु हिंसा घटनाहरु बाहिर आउन सकेका थिएनन् । महिला विकास अधिकारी विष्णु कुमारी लामिछाने भन्नुहुन्छ, “अहिले महिलाहरुमा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरु बाहिर आउन थालेका छन् ।”
उजुरीका दर्तालाई हेर्दा पहिले भन्दा अहिले हिंसाका घटनाहरु बढ्दै गएको देखिएको छ । तर त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुदै नभएका र अहिले धेरै भएका भने होइनन, पहिले पहिले झनै धेरै घटनाहरु ह्ुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटनाहरु ख्ुालेर आउँन थालेका छन् । महिला दिदी बहिनीहरुमा हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाका विकास भएको छ । यसलाई हामीले सकरात्मक लिनुपर्छ ।”

एक व्यक्ति वा एक समुहले अर्को व्यक्ति वा समुहलाई लाई गर्ने दुव्यवहारलाई हामी हिंसा भन्ने गर्छौ । एक अर्काबीचको विचार नमिल्दा,कसैले कसैलाई जवरजस्ती गर्दा, उसको अपमान अनादार गर्दा समाजमा हिंसा फैलन्छ ।
लमजुङमा महिला तथा वालबालिका कार्यालयमा दर्ता हुने उजुरीहरु मध्येमा धेरैजसो बुहविवाह र यौन हिंसाका घटनाहरु द्यर्ता हुन आएको कार्यालयले जनाएको छ ।

समाजमा हुने यस्ता खालका घटना न्युनिकरणका लागि सुरुवात आफैबाट हुनुपर्ने लामिछानेले बताइन् । रिस, राग त्याग्दै एकले अर्कालाई विश्वास र आदर सम्मान गर्ने सेक हिंसा रहित समाजको परिकल्पना गर्न सकिने उनी बताउँछीन् ।