नेपाल चीन सीमा नजिकै भूकम्प

sagarmatha-earthquake

काठमाडौं,९ जेठ ।

आइतबार विहान नेपाल चीन सीमा नजिकै भूकम्प गएको छ ।

चीनको स्वसासित क्षेत्र तिव्वतको सिक्जी क्षेत्रलाई केन्द्र बनाएर ५.१ रेक्टरको भूकम्प गएको अमेरिकन जियोलोजिकल सर्भेले जनाएको छ । भूकम्पले नेपालको सगरमाथा क्षेत्रमा राम्रै हल्लाएको थियो ।

सोलुखुम्वुको नाम्चे बजारदेखि ११३ किलोमिटर टाढा चीनमा भूकम्प गएको भएपनि मात्रै १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएकोले धक्का महसुस धेरै गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले नेपालको सिमा नजिक तिब्बतमा अाज बिहान ३ भन्दा बढी भूकम्प गएको बताए ।

आज बिहान मात्रै ५ रेक्टर माथीका दुइवटा भूकम्प गएको भन्दै अधिकारीले विहान ७ः५०मा गएको भूकम्पको धक्का नेपालको पूर्वी क्षेत्रमा महसुस गरिएको खवर प्राप्त भएको उल्लेख गरे ।