शिक्षा मन्त्रालयको नेतृत्वमा आजवाट अनुगमन सुरु

काठमाडौं,२७ वैशाख ।

shikxa mantralaya

निजी बिद्यालयले लिदै आएको मनपरि शुल्क, छात्रवृत्ति/शिक्षा ऐन निर्देशिका अनुसार विद्यालय सञ्चालन भए नभएको बिषयमा शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा आजवाट अनुगमन सुरु हँदैछ  ।

मन्त्रालयले छ वटा समूह बनाएर उपत्यकाका तीन जिल्लामा अनुगमन शुरु गर्न लागेको हो । अनुगमन टोलीमा शिक्षा मनत्रालयका सहसचिव, विद्यार्थी संगठनका नेता तथा अभिभावक रहने बताइएको छ ।

विद्यालयमा मापदण्ड विपरित शुल्क लिइएको भेटिए सुधारका लागि सुझाव दिने शिक्षा मन्त्रालयको भनाई छ ।  गत बर्ष बैशाख ६ गते विद्यार्थी संगठन र सरकार बीच भएको १० बुँदे सहमति अनुसार अनुगमन शुरु गरिएको हो । यसअघि सरकारले तदारुकता नदेखाएपछि विद्यार्थी संगठन आफैले अनुगमन शूरु गरेका थिए ।