सिरीयामा शान्तिवार्ता जोगाउन रुस र अमेरीकालाई राष्ट्रसंघको आग्रह
काठमाडौं,१६ वैशाख ।
संयुक्त राष्ट्रसंघले सिरिया शान्ति वार्ता कायम राख्नका लागि अमेरिका र रुसले तत्काल उच्चस्तरमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताएको छ ।
सिरियाका लागि राष्ट्रसंघीय दूत स्टाफन डी मिस्टुराले सिरियाको शान्ति वार्ताको प्रक्रिया संकटमा पर्दै गएकाले त्यसलाई जोगाइ राख्नका लागि तत्काल अमेरिका र रुसले हस्तक्षेपतकारी भूमिका खेल्नु पर्ने बताउनुभएको हो ।
पछिल्लो समयमा सरकारी तथा विद्रोही दुवै पक्षबाट अल्पकालिन युद्धविराम उल्लंघन गरेका छन् । यसले गर्दा शान्तिवार्ताको सम्भावना टर्दै गएकाले अलि अलि बाँकी रहेको सम्भावना जीवित राख्नका लागि अमेरिका र रुसको भूमिका महत्वपूर्ण हुने राष्ट्रसंघीय दूत मिस्टुराको भनाई छ ।
बुधबार मात्रै सरकारी सेनाले गरेको हवाई आक्रमणमा परि कम्तिमा २० जनाको ज्यान गएको थियो । सिरिया समस्या समाधानका लागि अमेरिका र रुसबिच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभएको हो ।