कनकमणीलाई लिएर तीन दिनभित्र अदालतमा उपस्थित सर्बोच्चको हुन आदेश

काठमाडौं,१६ वैशाख ।
kanak maini
सर्वोच्च अदालतले थुनामा रहेका  साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितलाई लिएर तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ।
दीक्षितकी श्रीमती शान्ता दिक्षितले मंगलवार दायर गरेको निवेदनमा पहिलो सुनुवाई गर्दै बन्दीसहित अदालतमा हाजिर गराउन सर्वोच्चले आदेश दिएको हो। प्रधानन्यायाधीश शुसिला कार्कीको एकल इजलाशले थुनामा राख्नुको कारणसहित उपस्थित हुन भनेको हो।

सर्वोच्चले अनुसन्धान गर्नका लागि थुनामै राख्नु पर्ने कारण लिखित रुपमा पेश गर्न सर्वोच्चको नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।  अख्तियारले दीक्षितलाई सोमबार अदालत पेश गर्नुपर्ने छ।

अकूत सम्पत्ति आर्जनको अभियोगमा छानबिनका लागि शुक्रवार अख्तियारको टोलीले पक्राउ गरेको थियो। दीक्षितलाई त्यसको दुई दिनपछि आइतबार विशेष अदालत पेश गरिएको थियो। अदालते दीक्षितलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
विशेषमा दुवै पक्षका कानुन व्यवसायीको बहसपछि अदालतले पहिलो पटक १० दिन अनुसन्धान गर्न म्याद दिएको हो। न्यायाधीश मोहनरमण भट्टराई, प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले उनलाई थुनामा राख्न अनुमति दिएको थियो।