‘हामी तत्कालै बस्ती विकाश गुरुयोजना तयारी पारेर सरकारलाई बुझाउने छौं’ हस्ताक्षरपछि गाउँलेलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भने –’सरकारले त्यसलाई स्वीकृत गरेपछि आगामी बर्षात् अगाडी नै निर्माण कार्य सुरु गरेर आगामी हिउँदसम्ममा तपाइँहरुलाई नयाँ घर हस्तान्तरण गर्ने लक्ष्य छ।’
सरकारले लाप्राक गाउँका ६ सय १२ घरधुरी भूकम्पबाट प्रभावित रहेको तथ्याङ्क संकलन गरेको छ। पुरानो वस्ती रहेको ठाउँ प्राबिधिक हिसावले वस्ती राख्न उचित नभएपछि सो वस्तीको केही माथि हाल अस्थायी टहराहरु रहेको गुम्सी पाखा डाँडामा ३२६ रोपनी क्षेत्रफलमा नयाँ वस्ती विकाश गरिने छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति बिद्यादेवी भण्डारीले अब दुःख मानेर बसिरहने अबस्था नहरहेकाले मेहेनत र परिश्रम गरेर दुःखलाई सुखमा बदल्नुपर्ने बताइन्।
कार्यक्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अब लाप्राकलाई नमुना वस्ती बनाउने कार्य अगाडी बढ्ने भन्दै यसको अगुवाई गरेकोमा गैरआवासीय नेपाली संघलाई धन्यबाद दिए।
एनआरएन अध्यक्ष घलेले लाप्राकमा केवर ओत लाग्ने घरमात्र बनाउने नभई नमुना वस्ती बनाउने उदेश्य रहेकाले सवै पक्षको सहयोग आबश्यक रहेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले गैरआवासीय नेपाली संघको अगुवाईमा अब लाप्राकलाई नेपालकै नमुना गाउँका रुपमा विकाश गरिने बताए।