शुल्क निर्देशीका कार्यान्वयनमा निजी विद्यालयको अटेरी , सरकारले नगरे आफैं कावार्ही गर्ने विद्यार्थीको चेतावनी
काठमाडौं, ११ बैसाख ।
शुल्क निर्देशिकाको पालना नगर्ने नीजि विद्यालयहरुलाई सरकारले कार्वाही नगरे आफैले कार्वाही गर्ने चेतावनी विद्यार्थीहरुले दिएका छन् ।
एमाओवादी निकट अखिल क्रान्तिकारीले राजधानीमा आयोजना गरेको “निजी विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयनको सवाल”विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै विद्यार्थी संगठनका नेताहरुले नीजि विद्यालयले मनपरी शुल्क लिएको भन्दै उक्त कार्य तत्काल बन्द गर्न चेतावनी दिएका हुन् ।
कार्यक्रममा बोल्दै क्रान्तिकारीका अध्इक्ष रमेश मल्लेले सरकारले बनाएको निर्देशिका नमान्ने नीजि स्कूलहरुलाई कार्वाही गर्न आफूहरु बाध्य हुने बताए । “लामो संघर्षपछि सरकारले सस्थागत विद्यालय ९निजी०शुल्क निर्धारण मापदण्ड निर्देशिका बनाएपनि निजी विद्यालयको दबाबमा कार्यान्वयन गर्न सरकारले खुट्टा कमाउँदैछ”, उनले भने, “सरकारले कार्यान्वयन नगरे हामी क्रियात्मक आन्दोलनमा उत्रन वाध्य हुनेछौं ।
कार्यक्रममा बोल्दै शिक्षा विभागका निर्देशक बैकुण्ठ अर्यालले शुल्क सम्वन्धि निर्देशिका मान्दिन भन्न नपाइने बताउँदै सरकारले कार्यान्वयन गरि छाड्ने दावी गरे “निर्देशिका वनाउने सवै प्रकृयामा भाग लिने तर जारी भएपछि एकाएक मान्दिन भन्ने प्याब्सन , एनप्याब्सनको कुरा आफैंमा अप्रत्याशित र अशोभनीय छ।” अर्यालले भने, “भुकम्प प्रतिरोधी विद्यालय वनाऊ भन्दा मान्दिन भन्नुलाई कसरी जायज मान्न सकिन्छ
कार्यक्रममा काठमाडौ जिल्ला शिक्षा अधिकारी शंकरवहादुर गौतमले विगतका सहमति कार्यान्वयनमा कठिनाई भैरहेको स्वीकार गरे उनले धेरै शिक्षण सस्था भएकोले जनशक्तिको अभावमा सवैतिर अनुगमन गर्न नसकिएको बताए ।
एन प्याब्सनका अध्यक्ष कर्णवहादुर शाहिले निर्देशिकाका अधिकांश विषयमा सहमति रहेपनि शुल्क सम्वन्धि विषयमा असहमति रहेको दावी गरे ।
निजी विद्यालय सञ्चालक लाई माफिया भन्ने कुरामा समेत उनले आपत्ति जनाए “हामी किन माफिया, कसरी माफियारु” उनले तर्क गरे “हामी त राष्ट्रको पुजी बाहिर जानवाट रोकिरहेका छौं ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय अभिभावक संगठनका अध्यक्ष धर्मदत्त देवकोटाले शुल्क निर्देशिका लोकतान्त्रिक विधि र अधिकतम सहमतिवाट वनेकोले राज्यका नीति निर्देशन मान्दैनौं भन्ने विद्यालयले कस्तो जनशक्ति उत्पादन गर्ला भन्ने प्रश्न उठाए ।”
अभिभावक संघ नेपालका शुप्रभात भण्डारीले अभिभावकको ढाड भांच्ने गरि मनोमानी ढंगले शुल्क वढाइएको उल्लेख गरे ।
नेविसंघका नेता लेखनाथ पोख्रेलले सरकारका नियम नीति नमान्नेलाई कार्वाही गर्नुपर्ने बताए ।
वैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष रत्न ढकाल, विप्लव निकट अखिल९क्रान्तिकारी०अध्यक्ष पूर्ण सिंह, एन प्याबसन पुर्व अध्यक्ष एवं सभासद गीता राणा, अखिल९क्रान्तिकारीका प्रबक्ता सुरेन्द्र बस्नेतलगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहभागि विद्यार्थी नेता र सहभागिले नीजि विद्यालयको मनपरी धेरै नै भएको भन्दै आक्रोस पोखेका थिए ।