छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखी नेपालमा शुरू

मूलखबर संवाददाता
काठमाडौं, १२ मंसिर

छैटौं एशियाली जनसंख्या सम्मेलन आजबाट नेपालमा शुरू हुँदैछ । संघीय राजधानी काठमाडौंकाे साेल्टी हाेटलमा चार दिनसम्म चल्ने सम्मेलनमा ३४ वटा देशका ५०० भन्दा बढी प्रतिनिधीहरु सहभागी हुने भएका छन् ।

सम्मेलनकाे उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
दिउसो १ बजे होटल सोल्टीमा उद्घाटन हुने कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा पनि सहभागी हुने आयाेजकले जनाएका छन् ।

स्थानीय आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा.डा.योगेन्द्र बहादुर गुरुङका अनुसार एशियाली देश बाहेक अमेरिका,अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन्। गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयमा ४०० वटा भन्दा बढी कार्यपत्रहरु प्रष्तुत हुनेछन्। एकैदिन पाँचवटा हलमा अलग अलग सेसनहरु सञ्चालन हुनेछन्। एकैदिनमा २५ वटा भन्दा सेसनहरु सञ्चालन हुने गुरुङले जानकारी दिनुभयो।

सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुदैछन् । सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसकेक छिन् ।