कनकमणीलाई अख्तियारले समातेपछि कसले के भने ?
काठमाडौं, ११ बैसाख /
कनकमणी दिक्षीत पत्रकारमात्रै नभएर ठूला मालिक, मानवअधिकारकर्मी र व्यवसायी पनि रहेछन् भन्ने कुरा अख्तियारले उनलाई समातेपछि धेरैलाई थाहा भयो । उनी नेपालमा पत्रकार र मानवअधिकारकर्मीको आवरणमा धेरै ठूलो राजनीति गर्दै थिए भन्ने चाहीं धेरैलाई थाहा थिएन । उनले संविधानसभाको दोश्रो निर्वाचनमा एमाओवादीलाई हराउन तथा आफ्नो छोराको हत्याको अरोपीलाई कार्वाही गराउन वीर अस्पतालमा आमरण अनशनमा बसेका नन्दप्रसाद अधिकारी दम्पत्तिलाई नमरन्जेल अनशन छाड्न नदिनको लागि विदेशबाट ६ करोड भन्दा वढि रकम लिएको पनि धेरैलाई थाहा थिएन ।
उनलाई शुक्रबार पक्राउ गरिएपछि उनीबारे सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रियाहरु आएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आएका केही प्रतिनिधिमूलक प्रतिक्रियाहरु हेर्दा थाहा लाग्छ उनी कस्ता मान्छे हुन् र उनलाई कस्तो कार्वाही गरिनुपर्दछ भन्ने । करिब ३ दर्जन प्रतिक्रियाहरु अध्ययन गर्दा उनको प्क्षमा लेखिएका दुई प्रतिक्रियाहरु मात्रै प्राप्त हुनुले उनी अख्तियारले पक्रयाउ गरी कार्वाही गर्नैपर्ने व्यत्ति रहेछन् भन्ने प्रमाणीत हुन्छ ।
देवेन्द्र कोइराला लेख्छन, – चिन्ता नलिनु । केही दिनपछि कनकमणि दाई भ्रष्टाचारको बिरुद्ध मैदानमा उत्रनेछन् । चिहानहरु खोतल्दै उर्वर चिहानहरुलाई अन्तर्राष्ट्रिय बजारमा लिलामीमा चढाउनेछन् । नेपालका दिग्गजहरु र्याल काढ्दै उनका बलेसीमा पलेटी कसेर बस्नेछन् । किनकि यो देश त भ्रष्टहरुको साम्राज्य हो, हामी जनता त केवल निरिह खोटा सिक्का न हौँ ।
पत्रकार रविन्द्र लामिछाने लेख्छन्- पत्रकारको नाममा कलंक हो । संचारकर्मी ,पत्रकार को नाकमा ल्न्इ , क्ष्ल्न्इ को पछि लाग्ने ,डलर ,भत्ता पचाउने सानो कामको पनि बढाइ चडाइ समचार लेख्ने यस्ता नामका पत्रकार देख्दा दया लाग्छ ।
प्रचण्डपुत्र प्रकाश दाहालले भने यनको सम्पत्ति सरकारले जफत गर्नुपर्ने धारणा राखेका छन् ।- पत्रकार कनकमणीको सम्पति राज्यले जफत गरि हाईड्रोमा लगानी गर्दा कसो होला ?
बलराम तिमल्सीनाले भने अलि फरक ढंगले यस प्रकरणको टिप्पण गरेका छन् । – कनकमणीमाथि अख्तियारको अनुसन्धानको तरीकालाई लिएर बुरुकबुरुक उफ्रेका साथीहरू , सुन्नोस त , कनकमणी निश्चित रुपमा इमान भएको मान्छे होइनन ।तर कनकमणीबाट कास्टिंग गरेर अख्तियार मार्फत विदेशीहरू ूकनकमणीलाई त छोडिएन अरुलाई झन छोडिदैन, भन्दै ठाउँ कुठाउँ हात हाल्ने रणनीतिमा पनि छन जस्तो गन्ध पनि आइरहेको छ ।यो छोरीलाई कुटेजस्तो गरेक बुहारीलाई धूलो पार्ने डिजाइन अन्तरगत छ भन्छन धेरै मान्छेहरू । त्यतापट्टी पनि दिमाग घुमाउँनूस त ।
बिदेशी डलरको आडमा माओवादी लाई गाली गरेर कहिल्यै नथाक्ने भ्रष्ट पत्रकार कनकमनी दिक्षित ले आफ्नो औकात के रहेछ भन्ने बुझुन। उनको सम्पुर्ण सम्पत्ति रास्ट्रियकरण गरियोस।
– पत्रकाररअधिकारकर्मीको नाममा पैसाको खेती ? कनकमणीको नेपाल बाहिर मात्रै १३ अरब अबैध सम्पति रे । यिनको नाम त्यसै डलरमणी भाु होर ?
– आफुलाई पत्रकार र मानबअधिकारबादी भन्ने अनि गनतन्त्रको बिरोध गर्ने , माओबादीलाई गाली नगरि खायको नपच्ने अनि गाली गरे बापत डलर कामाउने ू यस्तो गरिब देशमा ज्ञघ अर्ब अबैध धन कमाउने यी मूर्ख मानिसलाई पुलिसले पक्राउ गरि जेलमा राखेको छ । यो नामुद पताहलाई कडा कारबाही होस र यसको सम्पती रास्तियकण होस ।