जापानमा फेरि भूकम्प जानसक्ने आशंका

काठमाडौं, ६ वैशाख  ।

जापानमा फेरि भूकम्प जानसक्ने आशंकामा करिब २ लाख ५० हजार मानिसलाई घर छाडेर सुरक्षित स्थानमा जान सुचित गरिएको छ ।

जापानको मौसम विज्ञानले आगामी दिनमा थप भूकम्प जानसक्ने चेतावनी दिएको हो ।

जापान रेडक्रस सोसाइटीले सुरक्षित स्थानमा जाने मानिसका लागि सुरक्षा र स्वास्थ्य सेवाका लागि चिकित्सकको टोली पठाइसकेको जनाएको छ ।

गत विहीबार र शनिबार जापानको दक्षिण पश्चिमी क्युसु टापुमा ६.४ र ७.३ म्याग्निच्यूडका दुई शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४२ जनाको मृत्यु भएको थियो भने करिब एक हजार मानिस घाइते भएका छन् ।

बचाउकार्य र उद्धारमा त्यहाँको सेनासहित ३० हजार मानिस जुटेका छन् । भूकम्पका कारण २ लाख ५० हजार मानिस घरबारविहीन भएका छन् ।

जापानमा भूकम्प गइरहने भएपनि भवन निर्माण कानुन कडा भएकाले कमभन्दा कम क्षति हुने गर्दछ । (एजेन्सी)