अमेरिकाले रुसी विमान खसाल्ने धम्की दियो

काठमाडौं, ३ वैशाख /

द्वित्तिय विश्वयुद्ध पछाडि पुरै विपरित विचारधाराको प्रचारप्रसारमा लागेका अमेरिका र रुस फेरी विवादको सन्निकट पुगेका छन् । अमेरिकाले आफ्नो पानीजहाज माथिबाट आकाशमा उँडेका भन्दै दुई विमानलाई खसाउने चेतावनी दिएपछि उक्त विवाद झन वढ्ने संकेत देखिएको हो ।

बाल्टिक समुद्रमा रहेका अमेरिकी पानीजहाज माथिबाट सोमबार दुई वटा रुसी लडाकु विमान उडेका थिए । त्यो विमान खसाल्न सक्ने आफ्नै अधिकार क्षेत्रको कुरा भएको अमेरिकी विदेश मन्त्री जोन केरीले बताएका छन् ।  । 

अमेरिकी गठबन्धनमा संग्लग्न मुलकका जहाजसहित बाल्टिक समुद्रमा क्षेप्यात्र विध्वंशक जहाजको अभ्यास भएका बेला रुसले त्यस ठाँउमा लडाकु विमान उडाएको अमेरिकाले जनाएको छ  । एसयु २४ लडाकु विमानमा उडेपनि कुनै हतियार नरहेको रसियाका रक्षा मन्त्रीले बताएका छन् ।

उता अमेरिकाका क्षेप्यात्र विध्वंशक दि एसएसएस डोनल्ड कुकका प्रमुखका अनुसार त्यो बनावटी आक्रमण जस्तै थियो । रुसलाई यस प्रकारको उक्साहटको व्यवहार नदेखाउन अमेरिकाले भनेको छ । यस्तो हर्कत गरेमा विमान खसाल्ने चेतावनी पनि अमेरिकी अधिकारीले दिएका छन् ।

एकपटक त रूसी जहाजले युद्धपोतबाट ३० फिटमाथिबाट समेत उडान भरेका थिए । जसका कारण चारैतर्फ पानीमा हलचल पैदा भएको थियो । त्यसक्रममा एक रूसी केए-२७ हेलिकप्टरले तस्बिर लिएको बताइन्छ ।