आजदेखी सम्हालीन् महिलाले, कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
काठमाडौं,२ वैशाख २०७३ ।
सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सुशीला कार्कीले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको हैसियतमा न्यायालयको जिम्मेवारी सम्हालेकी छन् ।
नेपालको न्यायिक इतिहासमा न्यायपालिकाले महिला नेतृत्व पाएको यो पहिलो अवसर हो ।
उमेर हदका कारण प्रधानन्यायाधीशबाट कल्याण श्रेष्ठ सेवानिवृत्त भएपछि वरिष्ठतम् न्यायाधीश कार्कीले कायम मुकायम प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेकी हुन् ।
कार्कीले आजदेखि मुद्दाको इजलास तोक्नेलगायतका न्यायिक तथा प्रशासनिक कामकारबाहीको नेतृत्व गरेकि छन् ।
संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरे पनि संसदीय सुनुवाई हुन बाँकि भएका कारण कार्कीले आजदेखी कायममुकायमको जिम्मेवारी सम्हालेकि हुन् ।
गतबर्ष असोज ३ गते नेपालमा संबिधान निर्माण भएपछि महिलाहरुले राष्ट्रपति र सभामुख पदमा आफुलाई उभ्याउन सफल भएका थिए । अहिले प्रधानन्यायधिशमा महिला आउनु नेपालको इतिहासमा पहिलो हो । ।