इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्न निगमको आनाकानी

काठमाडौं, २९ चैत ।

oil nigamइन्धनमा स्वचालित मूल्य प्रणाली लागू गर्ने घोषणा गरेको नेपाल आयल निगम पछिल्लो समय त्यसलाई कार्यान्व्यनमा ल्याउन आनाकानी गरिरहेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा पठाउने मूल्यका आनधारमा भाउ तोक्न थाले पनि अहिले आएर त्यसअनुसार समायोजन नगरेको हो ।

आज प्रकाशीत नागरिक दैनिकका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद्को वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले मूल्य घटाउन दिएको निर्देशनसमेत निगमले अटेरी गर्दै आएको छ ।

नेपालभन्दा भारतमा डिजेल र पेट्रोलको भाउ महँगो भएकाले यताबाट चोरीनिकासी भई फेरि उतै जान सक्ने जोखिम रहेकाले मूलय समायोजन नगरिएको निगमको तर्क छ । भातरीय सीमाक्षेत्र रक्सोलमा भन्दा नेपालमा डिजेल लिटर १० र पेट्रोल साढे ६ रुपैयाँ सस्तो रहेको निगम प्रवक्ता मुकुन्द घिमिरेले बताए ।