यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
राष्ट्रिय सहमतिको सरकार सम्भव -छैैन. काठमाडौंं, २५ चैैत ।. नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको बताएका छन् । झापा क्षेत्र नम्बर ३ मा आयोजना हुन लागेको एमाले प्रशिक्षण कार्यक्रमका लागि झापा आएका पोखरेलले अहिले मिलीजुली सरकार आवश्यक नरहेको बताए ।. प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अग्रसरतामा संविधान जारी गरेको दाबी गर्ने नेपाली कांग्रेसलेसंविधान कार्यान्वयनको विषयमा भद्र सहमति तोडेकाले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने दाबी गरे ।. उनले संविधान कार्यान्वयनमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने बताउँदै वचनमा अडिएको कांग्रेस आफूहरुले हेर्ने चाहेको उल्लेख गरे । सरकारको ६ महिना उपलब्धिमूलक रहेको बताउँदै संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक, सामाजिक विकास अबको सरकारको मुख्य एजेन्डा रहेको उनले बताए ।. उनले कानुन निर्माणमार्फत सङ्घीयतालाई स्थापित गर्न यो सरकार अग्रसर रहेको प्रष्ट पारे ।. उनले नेपाल–भारत सम्बन्धलाई थप स्थापित गर्न प्रधानमन्त्री केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । राजनीतिक मुद्दामा रुमल्लिएको नेपाललाई विकासको मुद्दामा केन्द्रित गर्न प्रधानमन्त्री ओली सक्रिय भएकाले अब विकासका मुद्दामा राजनीतिक बहस केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । (रासस).
राष्ट्रिय सहमतिको सरकार सम्भव -छैैन
काठमाडौंं, २५ चैैत ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले राष्ट्रिय सहमतिको सरकार सम्भव नभएको बताएका छन् । झापा क्षेत्र नम्बर ३ मा आयोजना हुन लागेको एमाले प्रशिक्षण कार्यक्रमका लागि झापा आएका पोखरेलले अहिले मिलीजुली सरकार आवश्यक नरहेको बताए ।
प्रेस चौतारी झापाले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफ्नो अग्रसरतामा संविधान जारी गरेको दाबी गर्ने नेपाली कांग्रेसलेसंविधान कार्यान्वयनको विषयमा भद्र सहमति तोडेकाले राष्ट्रिय सहमतिको सरकार बन्न नसक्ने दाबी गरे ।
उनले संविधान कार्यान्वयनमा नेपाली कांग्रेस प्रतिपक्षमा बस्न नमिल्ने बताउँदै वचनमा अडिएको कांग्रेस आफूहरुले हेर्ने चाहेको उल्लेख गरे । सरकारको ६ महिना उपलब्धिमूलक रहेको बताउँदै संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक, सामाजिक विकास अबको सरकारको मुख्य एजेन्डा रहेको उनले बताए ।
उनले कानुन निर्माणमार्फत सङ्घीयतालाई स्थापित गर्न यो सरकार अग्रसर रहेको प्रष्ट पारे ।
उनले नेपाल–भारत सम्बन्धलाई थप स्थापित गर्न प्रधानमन्त्री केपी ओलीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । राजनीतिक मुद्दामा रुमल्लिएको नेपाललाई विकासको मुद्दामा केन्द्रित गर्न प्रधानमन्त्री ओली सक्रिय भएकाले अब विकासका मुद्दामा राजनीतिक बहस केन्द्रित हुनुपर्ने उनको भनाइ थियो । (रासस)