यसरी भइरहेको छ ग्याँसमा कालाबजारी, कालाबजारीमा उद्योगी र डिपोसँग पुलिसको पनि मिलेमतो
काठमाडौं, २२ चैत,
उद्योगको कारण कालाबजारी – डिपो ।
डिपोले सिलीण्डर नदिंदा ग्यास पठाउन पाइएन – उद्योगी ।
कालाबजारीमा उद्योगी र डिपोसँग पुलिसको पनि मिलेमतो छ- उपभोक्ता ।
कालाबजारीलाई कर्वाही गर्न नसक्ने सरकारको नालायकीपन ।
मूलखबर संवाददाता,
संविधान जारी भएपछि भारतीय पक्षद्धारा गरेको अघोषीत नाकाबन्दीको असर नेपालमा तस्करी र कालाबजारी मौलाइरहेको छ । अहिले सिमानामा नाकावन्दी कायम छैन । भारतबाट पर्याप्त इन्धन र ग्याँसका बुलेटहरु आइरहेका छन् तर पनि उपभोक्ताले अझै सहज ढंगले ग्यास उपभोग गर्न पाईरहेका छैनन । किन यस्तो भईरहेको छ भन्ने आम पाठकहरुलाई थाहा नहोला । सरकारको नालायकीपनको फाईदा उठाउँदै ग्यास उद्योग र डिपोहरुको लापरवाहीका कारण सर्वसाधारणले ग्यास पाउन नसकेका कुरा मूलखबरले पत्ता लगाएको छ ।
ग्याँसको सहज आपूर्ती भइरहेको बेला उद्योगहरुले डिपोसम्म ग्यासका सिलीण्डर ढुवानी गर्ने गर्दथे । अहिले डिपोहरुमा ग्याँसका सिलिण्डर थुप्रीएर बसेका छन् तर उद्योगीहरु आफूकहाँ ग्यासका सिलिण्डर नै नभएकोले गर्दा ग्याँस पठाउन नसकेको भनिरहेका छन् । ग्याँस डिस्टीव्युटर्सहरु र डिपोमा भएको खाली सिलीण्डर विस्थापीत गर्ने काम भनेको उद्योगीहरुको हो जसले डिपोबाट खाली भएका सिलिण्डरहरु उठाउँछन् र त्यसको बदला भरिएका सिलिण्डरहरु डिपोलाई उपलव्ध गराउँछन् । त्यसैगरी डिपोले डिस्टिव्युटर्सबाट खाली सिलीण्डर उठाउँछन् र त्यसको बदलामा भरिएका सिलिण्डर डिस्टिव्युटर्सलाई उपलव्ध गराउँछन् ।
तर अहिले उद्योगले डिपोसम्म सिलिण्डर ढुवानी गर्न नसक्ने भन्दै अड्को थापेपछि खाली सिलिण्डहरु डिपोमा थु्प्रीएका छन् भने भरिएका सिलिण्डर र ग्यासका बुलेट ग्याँस उद्योगमा थन्कीएका छन् ।
डिपो आफूले ढुवानी गर्दा लागत खर्च बढ्छ ग्याँसको मुल्य बढ्छ भनेर उपभोक्ताहरुलाई भनिरहेको छ भने कम्पनीले भने डिपोहरुबाट सिलीण्डर नआएकोले गर्दा ग्यास भर्न नसकेको भनेर बजारमा अभाव सिर्जन ागर्ने काम भईरहेको छ । बजारमा अभाव सिर्जन गर्नै एकातिर र अर्कातिर फेरी भारतले नाकाबन्दी गर्दैछ भन्ने हल्ला पनि चलाइएको छ ।
डिपोहरुमा पर्याप्त ग्यास नआएको भन्दै डिस्टीव्युटर्सले पनि ग्यास उपभोत्राहरुलाई सहज रुपमा दिइरहेका छैनन् भने अर्कातिर ठूला उद्योग र होटलहरुले खुलेआम ग्याँस पाईरहेका छन् । ठूला होटलहरुमा ग्यास उद्योगहरुले आफैं ढुवानी गरेर ग्याँस आपूर्ति गराइरहेका छन् । नाकावन्दीको अवस्थामा पनि होटलहरुमा निस्फीक्री ग्याँस आपूर्ती गराईरहने ग्याँस उद्योगहरुले सर्वसाधारणको चुल्होमा वल्ने ग्यास भने ढुवानी गर्न नसक्ने किन ?
डिपोको आफ्नै गुनासो छ । डिपो संचालकहरु भन्छन् ‘हामीले आपफैं धादिंगका उद्योगसम्म पुगेर ग्याँस लिन जाने हो भने नागढंगा चेकपोष्टमा रिपोर्ट लिने र नजीकको प्रहरी पोष्टको सहयोगमा मात्र ग्याँस वितरण गर्नुपर्छ भन्छन् त्यसपछि प्रहरीको मनोमानीमा सर्वसाधारणले ग्याँस पाउन सहज हुँदैन । ’ डिपोले पुलिसलाई दोस दिएर उपभोक्तालाई गुमराहमा पारेको आरोप उपभोक्ताको छ भने पुलिस डिपो र डिस्टीव्युटर्सले आफ्नो मनोमानी गरेर उपभोक्तालाई ठगेको भनाई छ ।
नाकावन्दीको समयमा उपभोक्ताले ग्यास ८ हजार प्रति सिलिण्डर सम्म किनेर काम चलाएका थिए । नाकावन्दीको समयमा फरक फरक ग्याँसका सिलिण्डरहरु लिने र घरमा थन्क्याउने र पहुँच हुनेले दर्जन भन्दा वढि सिलीण्डर ग्यास किनेर राख्ने गरेकाले उद्योगमा ग्यास सिलीण्डरको अभाव भएको छ भने उद्योग आफैंले पहँुच वाला र धेरै पैसाको लोभमा सिलीण्डरहरु बेचेको कारणबाट पनि उद्योगमा सिलिण्डरको अभाव भएको छ ।
डिपो लिंदा कम्पनी, डिस्टिव्युटर्स र डिपोबीच पसलसम्म ग्यास ढुवानी गराउने गरी सम्झौता भएको हुन्छ । सरकारले तोकेको मुल्यमा डिपोले वेच्नुपर्दछ । तर अहिले नाकावन्दी र डिजेल अभावको कुरा देखाउँदै कम्पनीले ढुवानी गर्न नमान्दा उपभोक्ताहरु कालाबजारीको मारमा पर्नुपरेको हो ।
कालाबजारीमा ग्याँस उद्योग, डिपो र प्रहरीको नै मिलेमतो देखिने गरेको उपभोक्ता मञ्चका प्रतिनिधिहरु बताउँछन् ।
यसबारेमा ग्याँस विक्रेता महासंघका अध्यक्ष शिव घिमीरेले ग्यास उद्योगीहरुको कालाबजारीमा कुनै पनि संलग्नता नभएको र कसैले यसबारे प्रमाण लिएर आए आफूहरु जुनसुकै कार्वाही भोग्न तयार रहेको बताए ।
उनले मुलखबरसँग उपभोक्ताहरु राज्यसँग ढुकक हुन नसकेको कारण कालाबजारी र अभाव बढेको बताए । उनले भने ‘कालाबजारी उद्योगबाट होइन, भएको भए विक्रेताबाट भएको होला, जनता चनाखो हुनुपरयो ।’ उनले कम्पनीले डिपोसम्म ढुवानी गरिरहेको दावी गरे । उनले भने ‘ढुवानी गरिरहेको छ , ढुवानी नगर्दा भाडावापतको पैसा दिएको छ ।’