जंगली जनावर मार्न थापेकोे पासोमा परेर ज्यान गयो

भीमदत्तनगर  ,२१ चैत  ।

जंगली जनावर मार्न पासो थापेका कञ्चनपुरकोे वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आइतबार बिहान करेन्ट लागेर मृत्यु भएको छ ।

trap,-Pasoजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी स्थानीय ५० वर्षीया रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले राना आफैँले थापेको पासोमा परी घटनास्थलमा नै मृत्यु भएको हो । ‘यसअघि पनि वन्यजन्तु चोरी सिकारीमा रानाको मुद्दासमेत परेको थियो’, प्रवक्ता खनालले भने, ‘जनावर मार्नकै लागि पासो थापेका राना आफै पासोमा परे ।’

रानाको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको छ । रासस