मोहन बैद्यसंग हिजोमात्र कुरा भयो , अब पार्टी एकता हुन्छ –प्रचण्ड

काठमाडौं, १२ चैत ।

bir1-1-848x478एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोमात्र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यसंग पार्टी एकताका बारेमा गंभिर कुराकानी भएको जानकारी दिनुभएको छ । वहाँले अब पार्टी एकताको बिकल्प नभएको बताउँदै पार्टी एकता हुने दाबी गर्नुभयो । दोस्रो वीरगञ्ज व्यापार मेलाको उद्घाटनको सिलसिलामा वीरगञ्ज पुग्नुभएका अध्यक्ष प्रचण्डले सञ्चारकर्र्मीमाझ यस्तो बताएका हुन् । उनले सबै क्रान्तिकारी माओवादीहरुबीच एकता हुने अपेक्षा गरे ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताए ।उनले भने, ‘भारत भ्रमणबाट आए पछि चीन भ्रमणको तयारी भयो, प्रधानमन्त्रीज्यूको यो भ्रमण अपेक्षित र उपलब्धी मूलक रह्यो । प्रधानमन्त्रीले भारत भ्रमण पहिले गर्नुभएको र सो भ्रमणले दुई देशबीचको सम्बन्ध राम्रो बनाउने वातावरण बनाएको छ ।अध्यक्ष प्रचण्डले भूकम्पबाट भएको जनधनको क्षतिपछि आफूले प्रतिपक्ष नेताको हैसियतले सबै एक भएर गए जस्तोसुकै चुनौतीको पनि सामना गर्न सकिने कुरा गरेको बताए । उनले भने, सोही अनुसार अहिले पनि राष्ट्रिय एकताको खाँचो छ ।