
माओवादी केन्द्रको संसदीय दलको बैठक, के छन् एजेण्डा ?
प्रमूख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बसेको छ।
बैठकमा भोलिदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भुमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भएको छ।
साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि बैठक केन्द्रित भएको छ।
त्यसैगरी माओवादीले सरकारले गरेको जनविरोधी गतिविधिको संसदबाट भण्डाफोर गर्ने, शिक्षकहरुले उठाएको माग सम्वोधन हुनेगरी संसदको अधिवेशनबाट शिक्षा ऐन ल्याउन प्रभावकारी भुमिका खेल्ने विषयमा पनि निर्णय लिने बताइएको छ ।
