
सत्तारुढ एमालेले १ लाख युवालाई सडकमा ल्याउँदै
सत्ताको नेतृत्वको गरेको नेकपा एमालेले आज १ लाख युवालाई सडकमा ल्याउने भएको छ । पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको भन्दै उसले आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको लागि १ लाख युवा सडकमा ल्याउन लागेको हो ।
एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरूलाई उतार्ने एमालेको दावी छ ।
एमालेले लोकतन्त्र दिवस मनाउन भनेतापनि चोतर्फी देखिएको सरकार विरोधी जनमतलाई खण्डन गर्न तथा आफ्नो शक्ति प्रदर्शन गर्न युवाहरुलाई देशभरीबाट काठमाडोंमा बोलाएको हो ।
कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सङ्क्षिप्त शुभकामना मन्तव्य राख्ने बबताइएको छ ।