नाम वेलफेयरको काम ठगीको ! युएइबाट नेपालीहरुको करोडौं ठगेर भण्डारी बेपत्ता

युएई ।

bhandarithag bhandari

युएईमा रहेका नेपालीबाट झण्डै १० लाख दिराम (झण्डै तीन करोड ) रकम उठाएर एक नेपाली सम्पर्कविहिन भएका छन् । गुल्मी सेवा समाजका अध्यक्ष तथा लुम्बिनी वेल्फेयर सोसाइटी युएईका उपाध्यक्ष समेत रहेका लक्ष्मण भण्डारी रकम लिएर बेपत्ता भएको भन्दै पीडितहरुले उनको खोजिमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

जानकारहरुका अनुसार उनी युएईमा बसेर समाजसेवाको नाममा हुण्डी कारोबार समेत गर्दथे । आफ्नो झण्डै ३ लाख ८० हजार दिरहम९१ करोड ६ लाख बढी० बरावरको मोवाइलको सामान वापतको रकम नतिरी भण्डारी फरार भएको भन्दै सागर पन्तले उनलाई खोजिदिन आग्रह गरेका छन् । उनले युएईमा ‘समाजसेवी’को पहिचान बनाएर करोडौं रकम उठाएर भण्डारी फरार भएको भन्दै सहयोगको आग्रह गरेका हुन् । भण्डारी सम्पर्कविहिन भएपछि उनको खोजिगर्दै पन्थ एयरपोर्ट पुगेका थिए । त्यहाँबाट भण्डारी नेपाल उडेको देखिएको पन्थले बताएका छन् ।

आफूहरुसँग तीन चार बर्षदेखि सम्पर्कमा रहेको र परिवारको सदस्य जस्तै बनेर  आफूहरुलाई डुवाएर भण्डारी भागेको पन्थको भनाई छ । ”परिवारको सदस्य जस्तै बनेका थिए, खाना सँगै खान्थे । समाजसेवी पनि भनिन्थे । त्यसैले विश्वास गर्दा हामीलाई चुर्लुम्मै डुवायो” पन्थको भनाई छ । ”बजार त्यस्तै हो, के गर्नु मान्छे चिन्न सकिन्न” पन्थले भने ”उ नेपाल उडेपछि नेपालमा पनि सम्पर्क गर्न खोज्दा उ घर नपुगेको देखिन्छ ।” भण्डारीबाट ठगिएको भनिएकी अर्की महिला सीता पाण्डेले आफुसँग १ लाख १० हजार दिरहम९४२ लाख० लिएर फरार भएको दावी गरिन् । ”त्यो पापीले म घरमा बसेर काम गर्ने मान्छेको पैसा खाएर कहाँ गएर लुकेर बसेको छ, त्यसको कहिल्यै भलो हुन्न” उनले फोनमा रुँदै भनिन् ”त्यो पापीलाई जसरी नि फेला परिदिनु प¥यो ।” आफूसहित चार जनाको गरी १० लाख दिरहम उठाएर भण्डारी फरार भएको देखिएको पाण्डेको भनाई छ । पाण्डे युएईमा घरेलु कामदारका रुपमा कार्यरत छिन् । उनले भण्डारीलाई युएईमा आएपछि नै चिनेको भन्दै उनलाई समाजसेवी भनेर विश्वास गरेको बताइन् । ”म अहिले बोल्न पनि नसक्ने अवस्थामा छु, खै त्यो मान्छेलाई कसरी खोज्ने हो, जसरी नि खोजिदिनु पर्यो” उनले भनिन् ।

छविलालका भाइ रामु पन्थले युएईबाट दाजु छविलालले भण्डारीको खोजिका लागि प्रहरीमा उजुरी दिन भनेको र आफूहरु त्यसको प्रकृयामा रहेको बताए । उनले पहिले युएईबाट नै दुतावास मार्फत उजुरी पठाउन आफूले आग्रह गरेको र त्यसपछि नेपालमा आवश्यक प्रकृया गर्ने बताए । ठगिको जानकारी पछि आफूहरु भण्डारीकी श्रीमति बसेको ठाउँ पाल्पा पुगेर भेटेको तर उनले आफूसँग पनि कुनै सम्पर्क नरहेको बताएको जनाए ।

भण्डारीकी आमा गोमा भण्डारीले छोरो आफूहरुसँग सम्पर्कमा नरहेको बताइन् । ”खै नेपाल आइपुगेको भए त हामीसँग सम्पर्क भइहाल्थ्यो, आएकै छैन र त होला”उनले भनिन् । उनले छोरालाई उतै (युएई) कुनै समस्या आइपरेको हुनसक्ने र मान्छेहरुले हल्ला चलाएको हुनसक्ने बताइन् । यसैबिच भण्डारी अहिले मुम्बई पुगेको हल्ला चले पनि पुष्टी हुन बाँकी छ । -लक्ष्मण खनाल / मेघराज सापकोटा