नेपाल र चीनबीच १० बुँदे सम्झौता, इन्धन खरिदबारे कुनै सम्झौता भएन

काठमाडौं , ८ चैत ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सातदिने औपचारिक चीन भ्रमणको क्रममा चीन र नेपालबीच १० बुँदे सम्झौता भएको छ । चिनियाँ संसद् भवन ग्रेट हल अफ पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली खछ्वाङ नेतृत्वको प्रतिनिधिमण्डलबीच वार्तापछि सम्झौताका विभिन्न तहमा हस्ताक्षर भएको हो ।

160321053810_oli_li_keqiang_beijing_640x360_reuters

नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको चीन स्थित नेपाली राजदुतावासले जनाएको छ ।

timthumb

 

नेपाल र चीनवीच सम्पन्न १० वटा समझदारी यस्ता छन्ः

१. पारवहन सम्झौता

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् ।

२. चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने

चीनले ३२ हजार घरधुरीलाई विद्युत पुग्ने गरी सोलार प्लान्ट जडान गरिदिने समझदारीमा  हस्ताक्षर भएको छ । यसमा भूकम्प पीडितहरुले प्राथमिकता पाउनेछन् ।

३.पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता

नेपाल र चीनबीच पोखरा विमानस्थल निर्माणबारे  समझदारी भएको छ। यो सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् ।

४. २५ प्रतिशत विना ब्याजको अनुदान

यो बुँदा पनि पोखरा बिमानस्थल निर्माण सम्बन्धी नै  छ । अन्तराष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि चीन सरकारले बिना ब्याज २५ प्रतिशत ऋण उपलब्ध गराउने छ ।

५. एक्जिम बैंकको ऋण

त्यस्तै यो बुँदा पनि पोखरा बिमानस्थल निर्माण सम्बन्धी नै  छ ।एक्जिम बैंकले उपलब्ध गराउने ऋणमा करिब २ प्रतिशतमात्रै ब्याज लाग्नेछ । विना ब्याजको रकम चीन सरकारले दिनेछ भने बाँकी ऋण त्यहाँको एक्जिम बैंकले उपलब्ध गराउनेछ ।

६ ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता

चीन र नेपालवीच विभिन्न वस्तुहरुको टे्रडमार्क दर्ता सम्बन्धी छुट्टै समझदारी भएको छ । यो समझदारी अनुसार दुबै देशमा आयात-निर्यात हुने वस्तुहरुको पेटेन्ट राइट निश्चित हुनेछ ।

७. नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी

नेपाल र चीनबीच नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषणसम्वन्धी समझदारीमा हस्ताक्षर भएको छ । यो समझदारीपछि नेपालमा भएको ग्यास र पेट्रोलियम अन्वेषणमा चीनले सहयोग गर्नेछ ।

८. स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता

नेपाल र चीनबीच भएको अर्को सम्झौता स्वतन्त्र व्यापारसम्वन्धी छ । यो सम्झौतामा ५०० वस्तुको प्रवेशाज्ञाबारे काम थाल्ने उल्लेख छ ।

९. बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौता

नेपाल र चीनबीच बेङजिङमा भएको यो सम्झौतामा दुई देशका गभर्नरले हस्ताक्षर गरेका छन् । यस अन्तरगत दुई देशबीच वित्तीय नियमनको सूचना आदान-प्रदान हुनुका साथै एक अर्को देशमा बैंकको शाखा खोल्न बाटो खुल्नेछ ।

१०. हिल्सामा पुल निर्माण

अर्को सम्झौता हुल्लाको हिल्सामा पुल निर्माण गर्नेछ । यो पुल चीन सरकारले बनाइदिनेछ ।तर बहुप्रतीक्षित इन्धन खरिदबारे भने कुनै सम्झौता भएन ।

प्रधानमन्त्री ओली चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आइतबार चीनको राजधानी बेइजिङतर्फ गएका हुन् । चैत १४ गतेसम्म हुने भ्रमणका क्रममा उनले चीनका विभिन्न शहरको भ्रमण र भेटघाट गर्नेछन् ।