घाेप्टेभीरकाे सुख्खा पहिराेले दियाे अनिश्चित सास्ती, यात्रुकाे विचल्ली
पृथ्वी राजमार्ग अन्तरगत मुग्लिङ मलेखु खण्डमा पर्ने चितवनको मुग्लिन नजिकै घोप्टेभिरमा विगत २ दिनदेखि पहिरो खस्ने,पन्छाउने, केहीवेर यातायात चल्ने र फेरि पहिरो खसेर घण्टौँ यातायात बन्द हुने अवस्था दोहोरिरहेको छ।
जसका कारण तिहारका लागि हिँडेका यात्रुहरूलाई सास्ती परेको छ।
यात्रुहरू पहिरो खस्ने हो की भन्ने जोखिमका साथ यात्रा गरिरहेका छन्। धेरै यात्रुहरू लामो समय सडक बन्द हुँदा र गाडीको चाप धेरै भएकाले जाममा फसेका छन्।
पहिरो पन्छ्याएर आवागमन खुले पनि राजमार्गका साँघुरो सडक र पुल, सवारीको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ निकै लामो जाम देखिन्छ।
तिहार मनाउन काठमाडौँतर्फ जान लागेका र काठमाडौँ छोडेकाहरु राजमार्गमै जाममा फस्न बाध्य छन्।





