रास्वपामा फुट, कुलमान बने उज्यालो नेपाल पार्टीको अध्यक्ष, भने- धाेका भयाे
अन्ततः १२ दिनपछि रास्वपा र कुलमान घिसिङबीचकाे सहमति भंग भएर कुलमानले उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । कुलमानसँगकाे सहमति भंग भएपछि रास्वपामा ओैपचारिक फुट भएको छ ।
रास्वपाबाट अलग भएपछि उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले आफूले रास्वपासँग कुनै ठूलो पद बार्गेनिङ नगरेको दाबी गरेका छन् ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने- ‘म आफैं एउटा उपाध्यक्ष त्यो पनि वरीयतामा तल रहेर पनि सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ’ घिसिङले भने, ‘म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जसमेन्ट गर्छु भनेको थिएँ ।’
उनले पछिल्लो यो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बन्न पुगेको जिकिर गरे ।
समानुपातिकमा छुट्याे कुलमान टीम
समानुपातिक प्रणालीबाट उमेदवार बन्नेहरूले अब उज्यालो नेपालबाट प्रतिनिधित्व गर्न नपाउने भएका छन् ।
रास्वपाको तर्फबाट बुझाएको बन्दसूचीमा १४ जना उज्यालो नेपालतर्फका उम्मेदवार थिए । ‘अब पार्टी नै विभाजन भएपछि रास्वपाको सूचीमा रहेकाहरू या त रावस्वपामै बस्नुपर्यो वा छोडेर हिँड्नुपर्यो,’ आयोगका एक पदाधिकारीले भने, ‘उनीहरू छोडेर पुस २८ व्यक्तिगत रुपमा नाम फिर्ता लिए भने रास्वपाले आफ्नो नाम थप्न पाउँछ । तर तर उज्यालो नेपालका चाहिँ कोही पनि समानुपातिक उम्मेदवार हुँदैनन् ।’




