रूकुमबाटै चुनाव लड्ने प्रचण्डको घाेषणा
पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रूकुमपुर्वबाट चुनाव लड्ने भएका छन् । रूकुम पश्चिम पुगेर प्रचण्डले आगामी प्रतिनिधिसभा चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।
रुकुम पश्चिममा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरे । ‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु । यै रुकुम भन्ने नठान्नुहोला । पूर्वी रुकुम आउने निश्चित भएको छ । पूर्वी रुकुममा आउने निश्चित भएको छ,’ उनले भने । उता आउने भनेकाे यता पनि हाे, प्रचण्डले भने अब रूकुमकाे सिधा सम्पर्क हेडक्वाटरसँग हुन्छ, ढुक्क हुनुस् यहाँको विकास र समृद्धिमा सिधै हेडक्वाटर जाेडिन्छ ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालले भिरमा गएको गाेरूलाई रामराम मात्रै भन्न सकिने बताएका थिए । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ । रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने पनि प्रचण्डले जानकारी दिएका छन् ।




