लमजुङको त्रिवेणी कप : एपिएफ पुग्याे फाइनलमा
लमजुङको बेसिशहरमा जारी त्रिवेणी कपमा शनिबार भएको पहिलो सेमिफाइनलमा एपीएफक्लब फाइनलमा प्रवेश गर्न सफल भएको छ ।
सेमिफाइनलमा लमजुङ मर्स्याङदीलाई ट्राइब्रेकरमा हराउदै एपिएफ फाइनल प्रवेश गरेकाे हाे ।
पहिलो हाल्फमा अग्रता लिएको मर्स्याङदी दोस्रो हाल्फमा कमजोर रक्षापंक्तिका कारण गोल बराबरीमा रह्यो ।
९० मिनेटको अतिरिक्त समय सकिएपछि १०,१० मिनेटको अतिरिक्त समय थप गरि खेलाउँदा दुबै टिमबाट गोलरहित हुँदा खेल पेनाल्टी सुटआउटमा धकेलियो ।
उक्त पेनाल्टीमा एपीएफका एन्जल श्रेष्ट र मर्स्याङदीका भबिन्द्र मल्लले २, २ गाेल बचाउ गरे भने पुजन थापाको पेनाल्टी क्रसबारमा ठेकेर गोल हुन नसक्दा एपिएफले जित निकाल्देै फाइनलमा प्रवेश गरेको हो ।
पुस १२ देखी शुरू भएको कप पुस २१ गते सकिनेछ ।
लमजुङमा त्रिवेणी कप: मर्स्याङदी पुग्याे सेमिफाइनलमा, मल्ल बने म्यान अफ द म्याच




